Friday, October 2, 2020

लताकपडामा पुरुष भन्दा महिला ४ गुणा बढी खर्चालु

- Advertisement -

सामान्यतया हामी गास, बास र कपासलाई अनिवार्य आवश्यकताको रुपमा मान्ने गर्छाैं । तर, यही आवश्यकतालाई महत्वाकांक्षाले घेरेपछि भने समाज बिस्तारै रवाफिलो बन्न थाल्छ । अनि हामीहरु देखाउनकै लागि भएपनि महंगा कपडाहरु लगाउन थाल्छौं ।

पछिल्लो समय काठमाडौं र उपत्यका बाहिरका समेत ठूला ठूला बजारहरुमा नयाँ फेसनको कपडामा लाखौं खर्च गर्नेहरुको जमात बढ्न थालेको छ ।

विभिन्न स्थानका टेलरिङ सेन्टरका सञ्चालकहरुका अनुसार कुनैपनि कार्यक्रम वा सम्मेलनमा जाँदा सबैभन्दा पहिले कपडाको चर्चा गर्ने परिपाटीका कारण पनि महंगा कपडाहरु किन्ने होड बढ्न थालेको हो । अहिले तीब्र रुपमा महिलाहरुको कपडा सिलाउने टेलरहरु बढ्न थालेको देखिन्छ ।

अहिले काठमाडौंमा दुईतीन हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्मको कपडा सिलाउने टेलरिङ सेन्टरहरु रहेका छन् । पछिल्लो समय यस्ता ब्राण्डेड र फेसन अनुसारको कपडा किन्नेहरुको संख्या झनै बढ्न थालेपछि यो क्षेत्रमा धेरैको आकर्षण बढ्न थालेको टेलर सञ्चालकहरुको छाता संगठन नेपाल कपडा व्यापारी तथा टेलरिङ्ग संघले जनाएको छ ।

संघका अनुसार फेसन र कपडाको सौखिनहरुमा पुरुषभन्दा महिलाहरु तीनचार गुणा बढी हुने गर्छन् । विशेषगरी कूल महिला सेवाग्राहीहरु मध्ये २० देखि ३० प्रतिशत महिलाहरुले वर्षेनी महंगा कपडाहरु लगाउने गर्छन् ।

यसमध्ये उच्च आर्थिक स्थिति भएकाहरुले नियमित रुपमा ४० हजारभन्दा धेरै पर्ने लेहेंगा लयायतका कपडाहरु खरिद गर्ने गरेको संघले जनाएको छ । मध्यम वर्गीय महिलाहरुले पनि यस्तो महंगा कपडाहरु किन्ने गर्छन् । तर, उनीहरु नियमितभन्दा पनि विशेष समारोहको अवसरमा यस्ता कपडाहरु खरिद गर्ने गरेको संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार अहिले बजारमा आएका धेरै महंगा कपडाको ब्राण्डहरुमा सिफोन, जर्जेट, रसिद आदि रहेका छन् । यस्ता कपडाहरु उच्च पदस्थ व्यक्तिको परिवार र धेरै फेसनेवल मानिसहरुले लगाउने गर्छन् ।

अहिले बजारमा रहेका मध्ये रेमण्ड, डिग्जाम, जग्जियो गुलामी, इटालियन जस्ता महंगो ब्राण्डका सुटका पनि धेरै बिक्री हुने गर्छ । त्यस्तै, टेरियोल ब्राण्डको कपडा उच्च पदस्थ व्यक्तिहरुले धेरै मनपराउने गरेका छन् । त्यो भन्दा अलिक सस्तो पर्ने टिआरएएल ब्राण्डको कपडाहरु मध्यम वर्गीय व्यक्तिहरुले लगाउने गर्छन् ।

त्यस्तै, अहिले उच्च पदस्थ व्यक्तिहरुले धेरै अल्लोको कोट लगाउने गरेका छन् । यसको बजार मूल्य अहिले १० हजारको हाराहारीमा छ । विशेषगरी पूर्वमा संखुवासभा, भोजपुर, पाँचथर आदि जिल्लाबाट पाइने अल्लोलाई प्रशोधन गरेर यस्तो कपडा बनाइन्छ ।

महिलाहरुको फेसन सर्पको काँचुलीजस्तो फेरिरहने

जसरी सर्पले समय समयमा आफ्नो काँचुली फेर्छ । त्यसैगरी नेपालमा पनि महिलाहरुको फेसनले छिटो छिटो परिवर्तन भोग्ने गरेको संघले जनाएको छ ।

सामान्यतया पुरुषहरुले वर्षको २ पटक नयाँ कपडा सिलाउने गर्छन् । संघ अन्तर्गत्का टेलरहरुमा आउने ग्राहकको आधारमा कुरा गर्दा महिलाहरुले भने एक वर्षमा ८ पटकसम्म नयाँ कपडा किन्ने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार अहिले सामान्यतया १५ हजार रुपैयाँदेखि ५० हजारसम्मको एउटै कपडा बजारमा पाइन्छ । सुट सेटको मूल्य त त्योभन्दा पनि धेरैको छ । ‘कपडामा आकर्षण धेरै छ । त्यसमा पनि महिलाहरुमा झनै धेरै रहेको देखिन्छ ।’ श्रेष्ठ भन्छन् ‘फेसनको हिसाबले पनि पुरुषहरु सामान्यतया फेसन रहित सामान्य कपडा लगाउन इच्छा राख्छन् । तर, महिलाहरुको फेसन भने दुईदेखि तीन महिनाको बीचमा परिवर्तन हुने गरेको छ ।’

भारतीय टेलिसिरियल हेरेर नयाँ फेसनको सुरुवात

उनका अनुसार भारतीय टेलिसिरियल वा फिल्मबाट नेपालमा धेरै कपडाको फेसनहरु परिवर्तन हुनेगर्छ । कतिपयले त मोबाइलमा फोटो ल्याएर वा कतिपयले ब्राण्डको नामबाट पनि नयाँ फेसनको कपडा सिलाउन दिनेगरेको संघ बताउँछ । नेपालमा कपडाको धेरै प्रभाव भारतबाट नै पर्ने गरेको उनको बुझाई छ । यसबाहेक विदेशबाट आयात हुने तयारी पोषाकको कारण पनि नयाँ फेसन स्थापित हुने उनीहरुको बुझाई छ ।

तयारी कपडाको आयात बढ्दै

नेपालमा चालू आर्थिक वर्षको पहिलो ५ महिनामा भारतबाट मात्रै ४ अर्ब ६ करोड रुपैयाँको तयारी पोषाक आयात भयो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको यही समयमा नेपालमा ३ अर्ब ८६ करोड रुपैयाँको तयारी पोषाक आयात भएको थियो ।

यही समयमा चीनबाट ४४ करोड ७८ लाखको तयारी पोषाक आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो वर्ष यही समयमा चीनबाट ५६ करोड रुपैयाँको तयारी पोषाक आयात भएको थियो ।

माथि उल्लेख गरिएको तथ्यांक औपचारिक तबरवाट नेपाल भित्रिएको तयारी कपडाको तथ्यांक हो । यसबाहेक पनि धेरै कपडाहरु अनौपचारिक तवरबाट पनि भित्र आउने गरेको छ । त्यो सहित तथ्यांक जोड्दा यसको तथ्यांक झनै भयावह हुने गर्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया