सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना नियन्त्रणमा सरकारले खर्च ग¥यो १२ अर्ब, कहाँ कति ? (विवरणसहित)

काठमाडौं- सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १२ अर्ब रकम खर्च गरेको छ।

मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको जानकारी दिए ।

 

सोअन्तर्गत औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य शीर्षकमा रु चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ ।

World Link Ads
Mahakali Polytechnic

सङ्घीय संचित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म रु पाँच अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट रु एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट रु एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ ।

Dirghayu Ads
Sana Kishan

केन्द्र सरकारको कोरोना रोकथाम र उपचार कोषमा हालसम्म रु दुई अर्ब ७५ करोड जम्मा भएको पनि अर्थमन्त्री डा खतिवडाले जानकारी दिए ।

तीनवटै स्थानीय तहबाट भएको खर्चको विवरण

http://कोरोना नियन्त्रणमा सरकारले खर्च ग¥यो १२ अर्ब, कहाँ कति ? (विवरणसहित)

corona kharcha bibaran saun

 

https://drive.google.com/file/d/1TdmvCTqYoW75XbXKQzi5sBm5HPYjBsUb/view

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.