Saturday, September 26, 2020

कसरी हटाउने अनुहारको कालो पोतोे ?

- Advertisement -

छाला कालो, खस्रो हुनु विभिन्न किसिमका फोका, दाग, घाउ आउनुलाई छालाको समस्या वा रोग भनिन्छ। छालाको रंग चम्किलो खालको हुन्छ। स्वस्थ छाला र अस्वस्थ छाला राम्ररी चिन्न सकिन्छ। महिलामा छालाको विषेश महत्व हुन्छ। छालाले सुन्दरताले अत्यन्त महत्व राख्दछ।

छालाको स्वस्थताले नै सुन्दरताको विशेषता झल्काउँछ। सुन्दर र स्वस्थ छाला भयो भने सुन्दरतामा अत्यन्त चमक आउँछ । छालाले साथ दियो भने सुन्दरताको लागि सुनमा सुगन्ध हुन्छ । छालाको सुन्दरता जोगाई राख्न केही होसियारी अपनाउनु पर्दछ।

https://youtu.be/7Ye_xC-AYTY

छालामा लाग्ने हुने विभिन्न समस्या र रोगका बारेमा जानकारी राख्न सके यसले हामीलाई सुन्दर र स्वस्थ बनाउँछ। स्वस्थ छालाले मानिसलाई सफलतामा पु¥याउँछ। सुन्दरता नचाहने कोही पनि हुँदैंन। छालाको सुन्दरतासँगै मनको सुन्दरता पनि आवश्यकता हुन्छ। मनको सुन्दरताले छालालाई सुन्दर बनाउँछ र स्वस्थता प्रदान गर्दछ।

सामान्य छालाको कोषलाई मेलानोसाइटिस भनिन्छ। जुन कोषहरुले मेलानिन नामक तत्व उत्पादन गर्दछन् जसले छालालाई रंग प्रदान गर्दछन्। छालामा मेलानिनको मात्रा ठीक्क भएमा छाला राम्रो देखिन्छ। मेलानिन बढी भएमा कालो देखिन्छ। थोरै मेलानिनको मात्रा निस्केमा छाला पहेंलो नराम्रो देखिन्छ। बढी मेलानिन निस्केमा ठाउँ वरिपरि कालो छाला आएको भनिन्छ । यो बिस्तारै शरीरमा फैलिदै जान्छ।

कालोपोतो हुने कारण
१) कहिलेकाही छालामा संक्रमण हुँदा छालाका कोषमा आउने गडबडीले मेलानिन उत्पादन बढी भई छालामा असर देखिन्छ । यस्तो अवस्थामा समयमा उपचार गराउनुपर्छ।

२) आइरन चक्की खाईरहे, यसको मात्रा बढी भएमा पनि कालोपोतो देखिन सक्छ। वा अन्य कुनै औषधिले पनि कालोपोतो निकालिदिन सक्छ।

३) इण्डोक्राइन रोग वा कुनै किसिमको हार्मोनल रोगहरु जस्तै थाइराइड, सुगर, पाठेघरको समस्या, पेट तथा मिर्गौलाका समस्या भएमा छालाका रोग देखिन सक्छन्। समयमा उपचार नभएमा छालाका कोषमा गडबडी आई छालाका रोग तथा कालोपोतो आउन सक्छ।

४) खुल्ला घाममा हिँड्दा घाममा हुने पराबैजनी किरणमा आउने विकिरणका कारण छालाका कोषमा गडबडी आई कालोपोतो देखिन्छ। घामको विकिरणको मात्रा बढी भई छालामा गडबडी देखिन्छ। यस्तो अवस्थामा बढी गर्मीबाट बच्ने तथा सनस्क्रीन क्रिमको प्रयोग गर्नुपर्दछ।

प्रशस्त मात्रामा पानी पिउने, धेरैपटक मुख धुने गर्दा छाला बिग्रन पाउँदैन। कालोपोतो उपचार पछि कतिपयलाई आइरहने भएकाले उच्च किसिमको उपचार तथा सल्लाह आवश्यक पर्दछ। उपचारका क्रममा विभिन्न किसिमका छाला चम्काउने वा कालो भएका भागलाई छोप्ने क्रिम पाइन्छन्।

कालोपोतो फाल्ने भनेर बनाएका औषधि पनि पाइन्छन् । यस्ता औषधि लगाउँदा २१ दिन अर्थात् तीन हप्ताभन्दा बढी नियमित नलगाउने यसपछि त्यसको फाइदा तथा बेफाइदा हेरेर सल्लाहअनुसार अगाडि बढ्नुपर्छ। Internet Khabar

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यी हुन् ज्वरो घाँटी दुख्ने सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि

अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख...

दिल खोलेर हाँस्नुहोस यस्ता छन फाइदै फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ ।दैनिक ४५...

यस्तो खराब जीवनशैलीले बढाउछ क्यान्सरको जोखिम

जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना...

स्कुस: बहुउपयोगी र पोषिलो, यस्ता छन् फाईदा

काठमाडौं । नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी...

कपाल लामो बनाउन चाहनुहुन्छ छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन्। तर, घरैमा सर्वसुलभ प्याज कपालको...

लामो,बाक्लो र कालो कपाल चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् अमलाको रस...

काठमाडौँ । अमला कपाल र छालाका लागि धेरै फाइदाजनक हुन्छ। अमलाको रस उत्तम स्वास्थ्य पेय मानिन्छ। अमलाको रस लामो कपालको लागि पनि धेरै फाइदाजनक...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...

उमेर कटेर पनि जवान देखिन चाहनुहुन्छ ? यी खानेकुरा कहिल्यै नखानुहोस्

हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५ को जस्तै देखिने धेरै जना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया