सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि
अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।
जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।

के हो मुलाङ्क ?
कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने
तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १+४= ५ हुन्छ । ९ सम्मको मुलाङ्क
भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने
ज्योतिषको दावी छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र
कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ । यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७
सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने
हुन सक्छ ।जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो । जसको मुलाङ्क ५ हुन्छ त्यस्ता
पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ । जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता
केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।

मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ । ८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क
भएकी केटी जोडी ठिक हुन्छ । जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो
मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।  Internet Khabar

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.