Sunday, September 20, 2020

विदेशबाट आउनेले सात दिन होटलमा अनिवार्य बस्नुपर्ने

- Advertisement -

 

काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ ।

अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘हवाइ मार्गबाट तोकिएको मापदण्डअनुसार सीमित संख्यामा मात्रै मानिसहरु ल्याउने र उनीहरुलाई सात दिन अनिवार्य होटल क्वारेन्टिनमा राखेर कोरोना नरहेको पुष्टि भएपछि मात्र घर जान दिने निर्णय भएको छ ।’

यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ ।

यसअघि सोमबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान राखेको थियो । त्यो निर्णयका कारण दुबई गएको नेपाल एयरलाइन्सको विमान खाली नै फर्किएको थियो तर त्यही दिन टर्कीबाट र बिहीबार बंगलादेशबाट चार्टर उडान भएको छ ।

त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको स्रोतले बतायो । ‘१० वटा तोकिएका स्थल नाकाहरुबाट आउनेहरुले पनि सात दिनसम्म स्थानीय होटलमा अनिवार्य रुपमा बस्नैपर्छ र कोरोना परीक्षण गराउनैपर्छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘होटल खर्च आफैंले व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।’

बिहीबार बसेको मन्त्रिपरिषद बैठक कोरोना रोकथामकै एजेण्डामा केन्द्रित थियो । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा धेरै बोलेनन् । उनले सबै मन्त्रीहरुलाई आ-आफ्ना धारणाहरु राख्न समय दिएका थिए ।
मन्त्रिपरिषद बैठक खास गरी बढ्दो कोरोना महामारी र यसको रोकथामको विषयमा केन्द्रीत रहेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सीसीएमसीले तयार पारेको प्रस्तावलाई अगाडि बढाउने र सरकारको निर्णयलाई एकरुपता दिनेबारे बैठकमा छलफल भएको ती मन्त्रीले बताए ।

बैठकले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने निर्णय गरेको स्रोतले अनलाइनखबरलाई बतायो । काठमाडौं उपत्यकाको हकमा समन्वय गर्न गहृ मन्त्रालयका सहसचिवको नेतृत्वमा एकमिटी गठन गर्ने निर्णण भएको एक मन्त्रीले जानकारी दिए । कमिटीमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरु रहनेछन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुखद निधन भएकोमा औपचारिकरुपमा श्रद्धाञ्जली अर्पण गरेको छ । साथै बाढीपहिरो र कोरोना लगायतका प्रकोपबाट मृत्यु हुनेहरुप्रति पनि मन्त्रिपरिषद बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ । यो अनलाइन खबरमा छ । 

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -