सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाढीपीडितको अवस्था बुझ्न गृहमन्त्री थापा अछाममा

धनगढी, ५ भदौ । गत मंगलबार राति करीब १२ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जना मध्ये ११ जना अझै फेला परेका छैनन ।

बाढीपीडित बारे जानकारी लिन सरकारका गृहमन्त्री रामबहादुर थापा बादल ले आज पीडित परिवारहरु संग भेटघाट गरेका छन । काठमाडौबाट सुर्खेत पुगेका गृहमन्त्री थापा त्यहाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत अछाम पुगेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेस कुमार सिंहले बताए ।

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा सहितको टोली घटना स्थल पुगेको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पीडित परिवारलाई भेटि सरकारको तर्फबाट उचित राहत तथा हराइरहेकाहरुको खोजि कार्यमा कुनै कमि हुन नदिने बताउदै सुर्खेत फर्केका गृहमन्त्री थापा मौसममा आएका खराबीका कारण अछामकै साफेमा रहेका छन ।

Dirghayu Ads

बाढीमा हराइरहेका मध्ये फेला परेका थप तिनजनाको समेत सनाखत भएको छ । सनाखत हुनेमा रामारोश गाउपालिका ५ कै बबिता बुढा साउद, अमर साउद र ननसरा शाह रहेको एसएसपी सिंहले बताए ।

यसअघि फेला परेका रामारोशन गाउँपालिका–५ सैनीबजारका नबिन साउद, चन्द्र साउद र गौरी शाहको रहेका थिए ।

हराइरहेकाहरुको उद्दार तथा खोजका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयहरु खोजिकार्यमा लागि रहेका छन ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.