Wednesday, September 30, 2020

भीम रावल नहुँदा कार्यदलको बैठक अवरुद्ध

- Advertisement -

काठमाडौं, ५ भदौरनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद मिलाउन गठित सुझाव कार्यदलको बैठक स्थायी समिति सदस्य भीम रावलको अनुपस्थितिका कारण तत्कालका लागि अवरुद्ध हुन पुगेको छ ।

कार्यदलका सदस्यसमेत रहेका रावल केही समयका लागि काठमाडौं उपत्यकाबाहिर जानुपरेकाले नेकपाको कार्यदलको बैठक अवरुद्ध हुन पुगेको हो ।

‘रावलजी केही दिनका लागि पश्चिम जानुभएको छ, उहाँ नभएकाले कार्यदलको बैठक बस्न नसकेको हो,’ अर्का सदस्य पम्फा भुसालले भनिन् ।

उनका अनुसार कार्यदलले ५ वटा बैठक डाकेर छलफल गरिसकेको भए पनि अचानक सदस्य रावल पश्चिम जिल्ला जानु पर्ने भएपछि केही दिनका लागि अवरुद्ध हुन पुगेको हो ।

यद्धपि, कार्यदलका सदस्यसमेत रहेका अन्य सदस्यबीच अनौपचारिक छलफल भने जारी रहेको छ ।
सो कार्यदलले मुख्यतः सरकार र पार्टीबीचको सबन्धलाई कसरी सँगसँगै र अन्तरसम्बन्धित बनाएर अगाडि जाने भन्ने विषयमा केन्द्रित भएर छलफल गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागे तारामणी !

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया