सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाढी पहिरो पिडितका लागि राहत बोकेर कालिकोट लागे अभिनेता पल शाह

नायक पल शाहले चलचित्र र म्यूजिक भिडियो करिअरसँगै सामाजिक सेवामा पनि आफूलाई अगाडि बढाइरहेका छन् ।

लकडाउनको समयमा चलचित्र प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले विभिन्न समयमा सामाजिक काम गर्दै आएका छन् ।

लकडाउन खुलेपछि म्यूजिक भिडियोको काममा व्यस्त पल बुधबार भने कालिकोटतर्फ लागेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कालिकोटमा यसै साता गएको बाढी पहिरोका कारण ठूलो जनधनको नोक्सान भएको खबर सुनेपछि पल खाद्यान्न, लत्ता कपडा बोकेर त्यता लागेका हुन् । पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा कालिकोटका ४० घर परिवारलाई सिरक–डसना, खाद्यान्न सामाग्री वितरण गरिनेछ ।

नायक पल शाहले  भने–‘हामी बुधबार काठमाण्डौबाट हिडेका हौं । कालिकोट पुग्दा शुक्रबार हुन्छ होला । त्यहाँबाट फेरि २ दिन हिड्नुपर्ने रहेछ । तर, स्थानिय बासिन्दाहरुसँग बिच बाटोमै भेट हुनेछ र उहाँहरुलाई हामी राहत वितरण गर्नेछौ ।’

पलले कालिकोटबाट आछाममा पनि जाने योजना रहेको बताए । उनले भने–‘सायद हामी कालिकोटमा राहत वितरण सकेर आछाम पनि जान्छौ होला । त्यहाँ पनि बाढी पहिरोले क्षती पुर्याएको भन्ने थाहा पाएका छौ ।’

सामाजिक कार्यमा सक्रिय हुन थालेपछि पलले ‘पल शाह प्रतिष्ठान’ स्थापना गरेका हुन् । विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपनि आफूहरुले काठमाण्डौबाट नै पास बनाएकाले कुनै समस्या नभएको पलले बताए ।-अनलाइनखबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.