सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका चार जिल्लामा निषेधाज्ञा, कतै कडा, कतै खुकुलो

५ भदौ, कैलाली । कोरोना संक्रमित बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशका चार जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

बिहीबार मध्यराति १२ बजेदेखि कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीमा निषेधाज्ञा जारी गरिएको हो । तीमध्ये कहीँ पूर्ण र कतै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको विशेष बैठकले यही भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

World Link Ads
Health Notice Kanchanpur

खाद्यान्न, तरकारी, दूध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक वस्तुहरूको हकमा बिहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा मात्रै सञ्चालन तथा खरिद गर्न पाइने छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले लकडाउन उल्लंघन गर्नेलाई पाँच सय जरिवाना र एक महिना कैद गरिने बताए ।

Sana Kishan

निषेधाज्ञापछि अहिले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी सुनसान छ । फाट्टफुट्ट चलेका मोटरसाइकल र साइकल चालकलाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ । बजारको चोक(चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । उनीहरूले अति आवश्यक कामबाहेक बाहिर हिँडेकाहरुलाई फर्काइरहेका छन् ।

बिहीबार रातिदेखि नै कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ । ‘कैलालीमाभन्दा कञ्चनपुरमा खुकुलो ढंगले निषेधाज्ञा जारी गरिएको छ’ एसएसपी मुकुन्द कुमार सिंहले भने, ‘डडेलधुरा र बैतडीमा त्योभन्दा पनि खुकुलो छ ।’

डडेल्धुरामा आंशिक निषेधाज्ञा छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बजार बन्द गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैतडीको दशरथचन्द नगरपालिकामा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पसल बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार दुई सय ४२ पुगेको छ भने १२ जना संक्रमितको मृत्यु भएको छ ।-अनलाईन खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.