Wednesday, September 30, 2020

एप्पलले रच्यो इतिहास, बन्यो २ ट्रिलियन डलरको पहिलो कम्पनी

- Advertisement -

अमेरिकी कम्पनी एप्पल २ ट्रिलियन डलर बजार मूल्य भएको पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ ।

बुधबार कम्पनीको शेयर मूल्य बढेर प्रतिशेयर ४६७.७७ डलर पुगेसँगै एप्पल कम्पनीको बजार मूल्य २ ट्रिलियन डलर पुगेको हो ।

गत जुलाई महिनामा सार्वजनिक भएको कम्पनीको उत्साहबर्धक वित्तीय प्रतिवेदन पछि एप्पलको शेयर मूल्यमा लगातार भइरहेको बढोत्तरी सँगै यसको बजार मूल्यले २ ट्रिलियन डलरको कोशेढुंगा पार गरेको छ ।

विगतमा आइफोनलगायतका ग्याजेटको बिक्रीमा बढी निर्भर रहेको एप्पलको आम्दानीको ठूलो हिस्सा पछिल्लो समय सफ्टवेयर तथा अन्य सेवामा समेत उल्लेख्य वृद्धि भएसँगै लगानीकर्ताहरुको विश्वासमा वृद्धि भएको बताइएको छ ।

साथै कोरोना भाइरसकालमा एप्पल कम्पनीमा ठूला संस्थागत लगानीकर्ताहरु समेत भित्रिएका र त्यसको सकारात्मक प्रभाव एप्पलको शेयर मूल्यमा परेको बताइएको छ ।

अमेजन, माइक्रोसफ्ट तथा गुगललगायतका प्रतिस्पर्धी कम्पनीहरुको मूल्य १ ट्रिलियन डलरको सेरोफेरोमा रहेको अवस्थामा एप्पलले आफूलाई दोब्बर मूल्यवान बनाउन सफल भएको छ । यो सँगै एप्पल, अमेजन, माइक्रोसफ्ट र गुगल कम्पनीको गरी कूल बजार मूल्य ६ ट्रिलियन डलर पुगेको छ ।

विश्वमा कोरोना भाइरस महामारीको लकडाउनका कारण धेरै देशमा एप्पल स्टोरहरु बन्द हुँदासमेत आइफोन, आइप्याड तथा म्याकको अनलाइन बिक्री उत्साहबर्धक रह्यो ।

सन् २०२० को दोश्रो त्रैमासिक अवधिमा एप्पल कम्पनीले वस्तु तथा सेवाका सबै क्षेत्रका साथै हरेक भौगोलिक क्षेत्रहरुमा आफ्नो आम्दानीमा वृद्धि गर्न सफल भएको भयो ।

महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भैरहँदा एप्पलले भने यो वर्ष सन् २०२० मा आफ्नो कम्पनीको मूल्यमा ५७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको एप्पल कम्पनीको मूल्य पहिलोपटक सन् २०१८ मा १ ट्रिलियन डलर पुगेको थियो । जस अनुसार पछिल्लो दुुई वर्षमै एप्पलले आफ्नो मूल्य दोब्बरले बढाएको हो ।

गत जुलाई ३१ गते साउदी अरेबियाको सरकारी तेल कम्पनी अराम्कोलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनी बनेको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...

रुसमा लक्की ड्रबाट छानिएका यी भाग्यमानि नेपाली, जसले लगाए पहिलो कोरोना...

काठमाडौं, असोज ४ रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्। रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया