Friday, October 2, 2020

तीजले प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरित गरोस्: राष्ट्रपति

- Advertisement -

५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नारीहरुको महान पर्व तीजले प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन प्रेरित गरोस् भन्ने कामना गरेकी छन् ।

तीज पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले र तीजले लैंगिक, जातीय विभेदलगायत सबै प्रकारका असमानता अन्त्य गर्दै समतामूलक प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेकी हुन् ।

उनले तीजमा हुने भड्किलोपन र खर्चिलोपनलाई हटाउनुपर्नेमा पनि जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्, ‘हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ ।’

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन उनले सबैलाई आग्रह पनि गरेकी छन् ।

घरैमा बसेर तीज मनाउन उपराष्ट्रपतिको आग्रह

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको संक्रमण देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा घरैमा बसेर तीज पर्व मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् ।

तीजको अवसरमा आज शुभकामना दिँदै उनले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि आग्रह गरेका हुन् ।

कोेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदममा पूर्ण साथ दिन अपिल गर्दै उपराष्ट्रपतिले कोरोनाको संक्रमणबाट जोगिन नागरिक आफै पनि सचेत र जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् ।

कोरोना संक्रमणबीच थुप्रै सांस्कृतिक तथा धार्मिक चाडपर्व आएका र यसबाट परिस्थितिअनुसार चाडपर्व मनाउनुपर्दछ भन्ने पाठ पनि सिकेको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउने र आगामी वर्षमा तीजलगायतका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु पुनः उल्लासमय वातावरणमा मनाइने विश्वास व्यक्त गरेका छन् ।

हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्दै उनले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् प्रगतिको कामना गरेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया