Tuesday, September 29, 2020

अब यी देशबाट नियमित उडानमार्फत आउन पाउनेछन् नेपाली

- Advertisement -

सरकारले विभिन्न देशमा रहेका नेपाली नागरिक, विदेशस्थित नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई नेपाल आउन नियमित उडान सुरु गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न देश तथा शहरबाट नेपाल आउनका लागि नियमित उडान गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरसँग भने।

मन्त्रिपरिषदले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हो।

संक्रमित कम रहेका र पीसीआर परीक्षण सहज भएका मुलुकका लागि यस्तो व्यवस्था गर्न पर्यटन मन्त्रालयले प्रस्ताव गरेको थियो। सोहि प्रस्तावअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

मन्त्रिपरिषदको बैठकले कुन दिनदेखि यस्तो उडान गर्ने भनेर निर्णय भने गरेको छैन।

यसरी नेपाल आउने वायु सेवाले कुनै एउटा शहरबाट दैनिक एक वटा उडान गरी सातामा बढीमा सात उडानको अनुमति पाउन सक्ने व्यवस्था गरेको छ।

तर यस्तो यात्रा गर्ने व्यक्तिले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट र नेपाल आएपछि क्वारेन्टिनमा बस्नका लागि होटलको बुकिङ गरेको हुनुपर्ने छ।

होटल बुकिङ र पीसीआर रिपोर्ट नभएका यात्री बोक्ने वायु सेवा निमगलाई कारबाही गर्ने अधिकार पर्यटन मन्त्रालयलाई दिइएको छ।

यसअघि विदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउनका लागि चार्टर्ड उडान मार्फत मात्रै ल्याइँदै आएको थियो। तर त्यस्ता उडान महंगो भएको भन्दै तीव्र आलोचना भएको थियो।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गिट्टी निकाल्ने क्रममा पहिरो जादा एक जनाको ज्यान गयो, २ जना...

स्याङ्जा- स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । https://youtu.be/UqEVwe1lT1c गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ...

पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूरहरु आन्दोलित

उदयपुर- उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको...

दु‌ई नयाँ अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई मेगा बैंकको आकर्षक कर्जा

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । https://youtu.be/V4kttcNjwB8 प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी...

अब मासिक ९९ रुपैयाँमा फोन र इन्टरनेट सहित असीमित सुविधा :...

काठमाडौं । सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

सुपथ मूल्य पसल १५ गतेदेखि

काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लाई लक्षित गर्दै सरकारले असोज १५ गतेदेखि सुपथ मूल्य पसल खोल्ने निर्णय गरेको छ । सोमवार दिउँसो उद्योग, वाणिज्य...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया