Tuesday, September 29, 2020

छैन तीजको रमझम यसपालि

- Advertisement -

स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे । गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे । यसपालिको तीज पर्व खल्लो र निरस छ । एक दिनअघिसम्म तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ ।

कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् । तीजको छेकोमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौें बजारमा आयोजना हुने ऐतिहासिक तीज मेला यसपालि नहुने आयोजकले जनाएको छ । ‘तीज गीत प्रतियोगितालगायतका कुनै पनि औपचारिक कार्यक्रम यो वर्ष नगर्ने निर्णय ग¥या बतडि महिला सञ्जालका अध्यक्ष देवु ठगुन्ना ले भन्नुभयो । ‘दूरी कायम गरेर महिला, दिदीबहिनीहरु भेट हुने, सामान्य नाचगान गर्नेसम्म हुनसक्छ ।’ द। न। पा ९ ग्वाल्लेक मा रहेको पार्शमा शिवालय मन्दिरमा पनि भीडभाड नहुने गरी पूजापाठको व्यवस्था मिलाइने भएको छ । दशरथचन्द नगरपालिका वडा नं २ मो जिल्लाका भेगकै ठूलो तीज मेला पनि यो वर्ष स्थगन भयो ।

सरकारले नै मेला, महोत्सव आयोजनामा रोक लगाएकाले तीज मेला गर्न नसकिएको महिला सञ्जालमा आबद्ध महिला अधिकारकर्मि सरस्वति नेपाली बताउनुभयो । गाउँठाउँमा आयोजना हुने मेला, उत्सवका मौकामा हुने व्यापार पनि यो वर्ष गुम्यो । तीजका बेला बजारमा हुने किनमेल पनि ह्वात्तै घट्यो । तीजका मेला, समारोह नै नभएपछि महिलालाई पनि पोशाक र सौन्दर्यका सामग्री किन्नुपर्ने बाध्यता आइपरेन । तीजको सम्मुखमा अलिअलि भइरहेको कारोबार पनि अकस्मातको बजार बन्दले मारमा परेको व्यवसायी बताउँछन् । बजार, यातायात बन्दले कतिपयको माइत जाने योजना पनि बीचमै तुहिएको छ । सौन्दर्य व्यवसायी सरिता भट्टले कोरोनाले गर्दा माइत जान नपाएको प्रतिक्रिया दिइन् । ‘गएपनि उतै रोकिनुपर्छ कि भन्ने डर छ, अब त गाडी, बजार सबै बन्द हुने भएपछि जाने कुरै भएन’, उनले भनिन्, ‘यो वर्ष कोठामै बसेर तीज जाने भयो ।’ कोरोना संक्रमणको जोखिम बढेपछि बिहिबारदेखि देखि भाद्र १४ गते सम्म सिल गरिएका छन ।

अत्यावश्यक काममा बाहेक हिँडडुल गर्नसमेत रोक लगाइएको छ । चाडबाडमा हुने भीडभाड र आवातजावतले कोरोना संक्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको जनाइएको छ । यसअघि बैतडीमा तिन सय २३ जनामा कोरोना देखिएपछि सदरमुकाम लगायत का क्षेत्र सिल गरिएर्का ‘सिल’ गरिएका छन । यो वर्षको हरितालिका भदौ ५ गते छ । अघिल्लो दिन दिदीबहिनीलाई दर खुवाउने चलन छ । महिला पतिको सुस्वास्थ्य र दीर्घायूका लागि तीजमा व्रत बस्छन् र भगवान् शिवको आराधना गर्छन् । upaharkhabar बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया