सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनसरोकार राष्ट्रिय दैनिक पोष्ट ८ औँ बर्षमा प्रवेस

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र बैतडीबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिक ८ औँ बर्षमा प्रवेस गरेको छ । सात बर्ष अघि ४ भदौँबाट नियमित प्रकासनमा आएको जनसरोकार पोष्ट राष्ट्रिय दैनिक ८ औँ बर्षमा प्रवेस गरेको हो । बार्षिकोत्सवको अवसर पारी जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको प्रकाशन टिमले बिहीबार महेन्द्रनगर स्थित महाकाली बाल अञ्चल अनाथालयमा खाद्यान्न तथा फलफुल वितरण गरेको छ ।

जनसरोकार पोष्ट राष्ट्रिय दैनिकका प्रशासक राजेन्द्र प्रशाद अवस्थीले बार्षिकोत्सवका अवसरमा समाजिक सेवाको भावनाले खाद्यान्न फलफुल र मिठाई वितरण गरिएको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनका अनुसार चामल, दाल, खानेतेल, नुन, फुलफुल र मिठाई गरिएको छ । ‘हामीले हरेक बर्ष बार्षिकोत्सवका अवसरमा नियमित कार्यक्रम गर्दै आएका थियौँ, ‘उनले भने, ‘यस बर्ष कोरोनाका कारण अनाथालयमा खाद्यान्न वितरण गरिदियौँ ।’ जनसरोकार पोष्टको बार्षिकोत्सवको दिन हरेक बर्ष कुनै न कुनै समाजिक कार्य गर्दै आएको छ । पत्रिकाको बार्षिकोत्सव अवसरमा पत्रकार लगायत विभिन्न संचार गृह, पत्रकार महासंघले शुभकामना दिएको छ । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले शुभकामना दिदै आगामी दिनमा पत्रिकाले जनताका सरोकारका विषय झन शसक्त रुपमा उठानको कामना गरे ।

Dirghayu Ads

यस्तै पत्रकार महासंघ कञ्चनपुरका सचिव अमर बहादुर चन्दले पत्रिकाको प्रगतिको कामना गर्दै आगामी दिन नागरिकका मुद्दा, लोकतन्त्र रक्षाका क्षेत्रका विषय उठानमा जोडदिए । जनसरोकार पोष्टले सुदूरपश्चिम क्षेत्रका जनताका साझा समस्या, राष्ट्रियता, जनजिविका सवालमा मुद्दा उठाउँदै आएकोछ । प्रकासन टिमले थप आगामी दिनमा थप शसक्त ढङगबाट नागरिकका सवाल, भ्रष्टाचार, सुशासनका विषय उठान गर्ने प्रण गरेको छ । यो खबरपहिलाद राना ले बेलडाडी पोस्टमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.