Sunday, September 27, 2020

सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा तिज मनाउन रोक

- Advertisement -

कञ्चनपुरका सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा, तिज लगायतका पर्व मनाउन रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालयले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस(कोडिभ १९)को बढ्दो संक्रमण, रोकथाम नियन्त्रण एव जोखिम न्यूनिकराण्का लागि सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा, तिज लगायतका पर्व मनाउन रोक लगाएको हो ।

प्रशासनले सुचना जारी गर्दै चाडपर्वहरु सार्वजनिक स्थहरुमा मानिसको सामुहिक जमघट, भेला हुने गरि मनाउने कार्यलाई पूर्ण रुपमा नगर्ने नगराउने भन्ने आदेश भएको हुँदा चाडपर्वहरु आ–आफ्नो घरमा रही जनस्वास्थ्य मापदण्ड पालना गरेर परिवारक ासदस्यसंग मात्र मनाउन अनुमति दिएकोछ ।

प्रशासकिय अधिकृत खगेन्द्र भारतीद्वारा हस्ताक्षरित गरिएको सुचनामा कहिकतै यस्ता क्रियाकलाप कोही कसैबाट उलङघन भए संक्रामक रोक ऐन २०२० लगायत अन्य प्रचलित कानुन बमोजिम कार्बाही हुने चेतावनी दिएको छ । उस्तै पनि यस बर्ष कोडिभका कारण गौरा, तिज लगायतका पर्वहरुमा प्रभावित हुने देखिएका छन् ।

घर, मदिरामा पुजाआजा बाहेक मेला, देउडा नहुने देखिएको छ । कोडिभ नियन्त्रण र यसबाट बाँच्नका लागि गौरा समिति सजक भएको स्थानीयको भनाई छ । परिस्थिति अनुसार परम्परागत धर्म संस्कृति मनाउनुपर्ने अगुवाहरुको सुझाव छ । यो खबर विकास सिह महता ले बेलडाडी पोस्टमा लेखेका छन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया