सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संस्थागत विद्यालयका शिक्षकद्धारा सञ्चालकसँग तलब माग

महेन्द्रनगर ०२ भदौ ।
कञ्चनपुरमा संस्थागत विद्यालयका शिक्षकहरुले तलबको माग गरेका छन् । मंगलबार संस्थागत विद्यालय शिक्षक युनियनले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।

युनियनका व्यवस्थापक एव्म सदस्य सन्दीप जोशी(शंकर)ले आफुहरुले जिल्लाका सबै संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षकलाई पारिश्रमीक दिनुपर्ने माग उठाएको बताए । उनका अनुसार युनियनले मंगलबार महेन्द्रनगरको मदन चोकमा कार्यक्रम समेत गरेको छ ।


कार्यक्रममा बोल्दैँ युनियनका अध्यक्ष धनन्जय जोशीले संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई उचित पारिश्रमीक दिनुपर्ने बताए । उनका कोरोना भाईरसको कारण गरिको लकडाउनले शैक्षिक संस्था बन्द भएपछि अधिकांश विद्यालयले शिक्षक कर्मचारीलाई समेत तलब दिएका छैनन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

साथै युनियनले गत शैक्षिकशस्त्रको पुरै र लकडाउन अवधिको कम्तमिा पनि तीन महिनाको तलब शिक्षक कर्मचारीलाई दिनु पर्ने प्रेश विज्ञप्तीमा उल्लेख छ ।

Dirghayu Ads


त्यस्तै युनियनकी उपाध्यक्ष उमा जोशीले पनि विद्यालयमा सेवारत रहेका शिक्षक कर्मचारीलाई सात दिन भित्रमा पारिश्रमिक दिन अल्टीमेटम समेत दिएको बताईन् । उनले शिक्षक माग समयमै सरोकारवाला निकायले सुनि दिन आग्रश समेत गरेकी छिन् ।
त्यस्तै समितिका सदस्य एव्म व्यवस्थापक जोशीले आफुहरुले माग सम्बोन्ध नगरे आन्दोलनका कार्यक्रम अघि सारिने समेत जानकारी दिए ।

त्यस्तै स्थानीय तहहरुले आफुहरुको गुनासो नसुनेको संस्थागत शिक्षककको गुनासो छ ।
साथै आफुहरुले शैक्षीक क्षेत्रको विकासका लागी सधैँ सहयोगी र तत्पर रहने युनियनले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.