Friday, December 4, 2020

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

- Advertisement -

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। श्रोेतका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो।

श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो ।

केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो

दिवंगत घिमिरे लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मनुभएको थियो । उहाँले बनारसमा दर्शनमा शास्त्रीसम्मको अध्ययन पूरा गरेर शिक्षण क्षेत्रमा प्राध्यापन गर्नुभएको थियो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेपछि सदस्यदेखि कुलपतिसम्म पनि उहाँ बन्नुभयाे ।

काव्य लेखनको शुरूवात उहाँले विसं १९९४ मा ‘नव मंजरी’ कवितासंग्रह तथा विसं २०१३ मा ‘नया नेपाल’ कवितासंग्रह प्रकाशित गरेर गर्नुभयो । उहाँकी पत्नी गौरीको देहावसानपछि पत्नी वियोगको वेदनामा शोक काव्यको ‘गौरी’ रचना गर्नुभयो ।

महाकवि देवकोटाको मुना मदन पछि बढिपढिने काव्यको रुपमा यो काब्यले स्थान पाएकाे छ । उहाँका अरू महत्वपूर्ण काव्यहरूमा राजेश्वरी, राष्ट्र निर्माता, धरती माता, पापिनी आमा , शकुन्तला गीति नाटक, मालती मंगले, गीति नाटक मा विष कन्या, हिमालवारी हिमाल पारी, वाल कुमारी, देवकी आदि रहेका छन् ।

उहाँको मनको बाँध चलचित्रको एउटै गीत ‘फूलको थुंगा बगेर गयो गंगाको पानीमा’ कालजयी गीत हो । उहाँले बालसाहित्यिक क्षेत्रमा वाला लहरी, घामछाया, घामपानी आदि कृतिहरूको योगदान पनि दिनुभएको छ । उपहार खबर बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया