Friday, October 30, 2020

नेकपा सचिवालय बैठक भर्खरै सकियो , यस्तो गर्‍यो निर्णय

- Advertisement -

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक भर्खरै सकिएको छ ।

पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलबारे बैठकमा जानकारी गराइएकाे थियो । कार्यदललाई बैठकले बधाई ज्ञापन गर्दै अनुमाेदन गरेकाे छ ।

कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गरेपछी सचिवालय बैठकमा ल्याईनेछ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० गते भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो ।

यसअघि गत साउन ४ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन चाँडै (मङ्सिरभित्र) गर्न प्रस्ताव गर्नुभएको र त्यसमा सहमति भए पनि विवाद बाहिर आएको थियो ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएको थियो । यो खबर सेतोपार्टीमा छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

होशियार !छालामा यस्तो निशान देखिएमा

जाडोले अब बिस्तारै ढकढक्याउँदैछ र यस मौसममा मानिसहरु छालाको सुख्खापनबाटबाट चिन्तित हुन्छन्। एकै साथ सोरायसिस बिरामीलाई यस मौसममा धेरै समस्याहरू छन्। यदि तपाईंलाई थाहा...

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर...

आज कोजाग्रत पूर्णिमा, दशैँको विदाई र तिहारको स्वागत गरिदै

काठमाडौं – आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी...

र्‍यापर गायक भिटेनलाई खोज्दै प्रहरी

काठमाडौं । र्‍यापर गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत...

पहाडकी रानी बन्दीपुरमा मिनी ग्रेटवाल बन्दै

तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक...

गृह मन्त्रालयले माग्यो सय जना कर्मचारी, यस्तो चाहिन्छ योग्यता(सूचनासहित)

गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। https://youtu.be/lCjCafDkav4 मन्त्रालयले...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन प्रणाली लागु गरेको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र जिल्ला...

सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने सरकारको योजना

काठमाडौँ – सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया