Friday, October 2, 2020

सोमबार यसरी गर्नुहोस भगवान शिवको पुजा, मिल्नेछ लाभ

- Advertisement -

ज्योतिषको अनुसार, सोमबार अर्थात आजको दिन भगवान शिवको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ । हरेक हप्ताको सोमबार आफैंमा एक महत्वपुर्ण दिन हो, यसलाई अर्को अर्थमा भगवान शंकरको दिन पनि भन्ने गरिन्छ ।

आजको दिनमा भगवान शंकरका भक्तहरुका लागि धेरै फलदायी मानिन्छ। यसैले, यस दिन मान्छे शिव शंकर को उपासना संग विभिन्न प्रकार को उपचार गर्छन, ताकि उनिहरुलाई भोलेनाथको आशीर्वाद प्राप्त होस ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु छन् । यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन् ।

पहिलो कथा-एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ । दोस्रो-एक धनी व्यापारीको छ ।

जसको छोरा थिएनन् । लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो ।

कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रो-शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । समय समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्‍याउँछ ।

व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे ।

यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने हुँदा व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्ने भएकाले हजारौँ वर्षदेखि यो चलन चलिआएको मानिन्छ ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडी गणेशको पूजा भने अनिवार्य नै छ । अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ ।सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

कसरी भगवान शिव शंकरलाई खुःशी बनाउँने ?

– आजको दिन तपाईले सक्नुहुन्छ भने बिहान नभए बेलुका जुनसुकै समयमा मन्दिरमा जानुहोस् अनि दूध र चिनी मिश्री भगवान शिवलाई चढाउनुहोस । यदि सोमबारको दिन अर्थात आजको दिन मन्दिर जान सक्नुहुनन भने चिन्ता नगर्नुहोस । एउटा कुरा शास्त्रहरुमा भनिएको छ यदि तपाईको मनमा आस्था छ भने तपाईले जुनसुकै समयमा जहाँसुकै पनि भगवानको उपासना गर्न सक्नुहुन्छ । आज पनि तपाई मन्दीर जान सक्नुहुन्न भने घरमा नैं भगवानलाई मन्दीरमा चढाउने कुराहरु चढाएर कृपा पाउँन सक्नुहुन्छ ।

– हरेक भगवानको आफ्नै विशेषता हुन्छ र मानिसले पनि त्यसै किसिमको उपासना गर्नुपर्छ । तपाईले कुन भगवानको पुजा अर्चना गर्दै हुनुहुन्छ त्यसका बारेमा तपाईलाई जानकारी हुनुपर्छ । यदि तपाईले पुजा गर्ने समयमा थोरै कुराहरु मात्रै मिलेन भने तपाईको भाग्यमा नकारात्मक खालको असर पर्न सक्ने कुराहरु शास्त्रहरुमा भनिएको छ । भगवान शिवको लागि बेलपत्र सबैभन्दा प्रिय लाग्छ त्यसैले यसलाई चढाउनुहोस । यसरी तपाईले आफ्नो इच्छा पूरा गर्न को लागि तपाईले भगवान शिव शंकरलाई हरेक सोमबारमा ११ वटा वेलपत्र चढाउनुहोस ।

– भगवान शिव शंकरलाई खुःशी राख्नको लागि कुनै एउटा मात्रै तरिका हुन्छ भन्ने हुँदैन । जस्तै तपाईले मन्दीरमा गएर दुध र मिश्र चढाउनुहुन्छ वा बेलपत्र भगवानलाई चढाउनुहुन्छ । यो सबैबाट तपाईलाई भगवानप्रति आस्था राखेवापत्त वा भगवानको उपासना गरेको कारण तपाईमाथि भगवानको कृपा रहन्छ र तपाईले जस्तोसुकै परस्थितीको पनि सहजै सामना गर्न सक्नुहुन्छ । त्यसैले भगवान शिवलाई तपाईले इमरती चढाएर पनि उहाँको आर्शिवाद पाउँन सक्नुहुन्छ । जसले तपाईको जीवनमा सकारात्मक असर गर्नेछ र तपाईलाई अगाडि बढ्न सहज हुनेछ ।

– भगवान शिव शंकरलाई जलसँग गहिरो प्रेम भएको कुरा पुराणहरुमा उल्लेख गरिएको छ । विभिन्न धार्मिक ग्रन्थहरुमा भनिएको छ कि भगवान शिवशंकरलाई गंगाजलसँग गहिरो लगाब थियो । जसका कारण आज पनि हरेक हप्ताको समोबार भगवानलाई शुद्ध गंगाजाल चढाउने गर्नाले अर्थात यस जलले पूजा गर्नाले भगवान भक्तसँग खुःशी हुन्छन भन्ने विश्वास रहँदै आएको छ । यो विश्वास छ कि भगवान शंकरलाई गंगाजजले अभिषेक गर्नाले तपाईलाई एकदमैं छोटो समयमा नैं लाभ मिल्न सुरु हुन्छ ।

– अन्त्यमा,तपाईले भगवान शिवशंकरलाई खुःशी राख्न माथि भनिएका चार कुराहरु गरिसके पछि पनि केही काम बाँकी नैं हुन्छ जसले भगवानालाई खुःशी बनाउँन महत्वपुर्ण भुमिका खेल्छ । भगवान अनुसार सबैको मन्त्र फरकफरक हुन्छ । शास्त्रहरुमा भनिएको छ जब तपाई पनि कुनै पनि भगवानको सच्चा भक्त हुनुहुन्छ र दुःखको बेलामा भगवानको याद गर्दै मन्त्र जप्नु भयो भने तपाईले त्यस समस्याबाट छिट्टै मक्ति पाउँन सक्नुहुन्छ । त्यस्तै,तपाईले भगवान शिवशंकरलाई प्रसन्न राख्नको लागि जप्नुपर्ने मन्त्र हो,ॐ नमों शिवाय १ यस मन्त्रलाई तपाई सोमबार मात्रै होईन हरेक दिन जप्न सक्नुहुन्छ । यसले तपाईलाई सकारात्मक उर्जा प्रदान गर्न सहयोग गर्नेछ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया