सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

सुदूरपश्चिममा आज ओल्के र बुढी हाल्ने पर्व मनाइँदै

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
भदौ १, २०७७
1 मिनेट पाठ

आज भदौ १ गते। बैतडीसहित सुदूरपश्चिममा आजको दिन ओल्के संक्रान्तिको रुपमा हर्षोल्लासका मनाइँदै छ। ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ।

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७

आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।

आजको दिन बिहानै नुवाइधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई ओल्को दिने पनि गरिन्छ। वर्षापछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्को चाड मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए।

ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दुध, दही, घिउ, गुड आदि बोकेर मान्यजन र आफन्त कहाँ भेटघाट गर्न जाने चलन छ। पछिल्लो समय कपडा, पैसा वा अन्य उपहार समेत दिने गरिन्छ।

धेरै जसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन्। गुठियारहरुले ईष्ट देवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउने प्रचलन छ। यो पर्व कुनै धामिर्क वा पौराणिकसँग सम्बन्धित नभई यस भेगका बासिन्दाहरुको मौलिक पर्व रुपमा पनि रही आएको छ। यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर मनाइन्छ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका डाँडामा सबैजना मिलेर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्दछन्।

यो बुढीलाई असोज संक्रान्तिका साँझ गाउँका सबैजना मिलेर एकैसाथ पोल्ने चलन छ। ओल्के संक्रान्तिताका सतरति (सातरातको झरी) पर्दछ। यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भंैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने र ऋतुमति धर्तीले नवीन सिर्जना गर्ने थाल्ने विश्वास रहिआएको छ।

प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्राहरु देखिनुका साथै धुलो धुवाँ र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्ने पनि विश्वास रहेको छ।

बुढी हाल्ने ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्च ठाउँमा सबैजना मिलेर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटविरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भनिन्छ।

यो बुढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलिन्छ। जसलाई ‘बुढी पोल्ने’ पर्व भनिने पण्डित दयाकृष्ण पन्तले बताए। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतना को कथासँग पनि जोडिएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा र भारतको कुमाउँ गढवालतिर मात्रै बुढी पोल्ने पर्व मनाइने गरिएको पन्तले बताए। घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने र घरबाट चिरेको काँक्रो लगेर पोलेको बुढीमा थुक्ने प्रचलन छ।

यसरी बुढी पोलेमा वर्षभरि लुतो लगायतका रोगव्याधीबाट परिवारजन मुक्त हुने मान्यता रहेको छ। भगवान कृष्णलाई पुतना राक्षेसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाराक्षेशनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रुप पैदा भएको तथा लाशलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्राटुक्रा पारेको दिनको सम्झनामा आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको कथा छ।

तर, पछिल्ला समय आधुनिकताका साथै युवापुस्ताले खासै ध्यान नदिँदा यो पर्व लोप हुँदै गइरहेको छ। यो पर्वलाई प्रतिष्ठाको पर्व भएकाले मनाउन अपरिहार्य रहेको जानकारहरुले बताउँछन्। – थाहा खबर

सिफारिस

मुख्य समाचार

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार
मुख्य समाचार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७
मुख्य समाचार

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

माघ १४, २०७७
मुख्य समाचार

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७
मुख्य समाचार

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७
बझाङ्ग

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७
अर्को

हरेक नेपालीको घरमा बिजुली पु¥याउनु प्राधिकरणको मूल उद्देश्य: मन्त्री पुन

सोमबार यसरी गर्नुहोस भगवान शिवको पुजा, मिल्नेछ लाभ

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

माघ १४, २०७७

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In