Wednesday, November 25, 2020

मन्त्रिमण्डल पुनर्गठनको तयारीमा लागे ओली, १० मन्त्री परिवर्तन गर्दै (नामावली सहित)

- Advertisement -

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा लामो समय देखि चल्दै आएको विवादको समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम कसरतमा लागेको बुझिएको छ ।

त्यसका लागि मन्त्रीमण्डल पुनर्गठन सम्मको तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । विवाद समाधानका लागि गठन भएको कार्यदलले दिएको सुझावका आधारमा प्रधानमन्त्री ओलीले आगामी कदम चाल्ने छन् ।

पार्टी भित्र शक्ति सन्तुलन नमिलेको आवाज अघि देखि उठ्दै आएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले एक नेता एक जिम्मेवारीको आवाज उठाउँदै आएका छन् । उनको माग पनि सम्बोधन गर्नेगरी प्रधानमन्त्रीले तयारी थालेको बुझिएको छ ।

नेकपाले पार्टी भित्रको विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमति पछि यो कार्यदल बनेको हो ।

कार्यदलले अहिले सम्म पार्टीभित्र उठेका विवादका विषयमा प्रधानमन्त्रीलाई सुझाव पेश गरेको छ । कार्यदलले प्रतिवेदन बुझाए लगत्तै प्रधानमन्त्री मन्त्रिमण्डल पुनर्गठनको तयारीमा लागेका हुन् ।

सबै नेताहरुको शक्ति सन्तुलन मिलाउन केही मन्त्री र मुख्यमन्त्रप् समेत परिवर्तन हुनसक्ने आँकलन गरिएको छ । एउटै नेतालाई दोहोरो जिम्मेवारी दिएको भन्दै माधव नेपाल पक्षले विरोध गर्दै आएका छन् ।

पार्टी र रकारका काम प्रभावकारी बनाउन पनि कार्यदलले यसबारे विकल्प पेस गर्ने नेताहरुले आँकलन गरेका छन् । पुरानै नेता र मन्त्रीलाई राखिराखेर समस्या समाधान नहुने भएकाले प्रधानमन्त्री दुई वर्ष मन्त्री भइसकेर पनि कार्यप्रगती राम्रो देखाउन नसकेकाहरुलाई परिवर्तन गर्ने मनस्थितिमा छन् ।

उनका अनुसार यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधामन्त्री दुवै पदबाट राजीनामा दिनु नपर्ने तथा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुनेगरी सहमतिको खाका बनाउने विषयमा दुई अध्यक्षबीच सहमति भैसकेकाले पनि मन्त्रीमण्डल पुनर्गठन हुने अन्य नेताहरुले पनि आँकलन गरेका छन् ।

राम्रो काम देखाउन नसकेका १० जना मन्त्री परिवर्तन हुन सक्ने अनुमान गरिएको छ । सरकारका विरुद्ध चर्को आवाज उठाउँदै आएका नेता भीम रावल सहति सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेलाई समेट्ने सम्भावना देखिएको छ ।

हालका मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल, वर्षमान पुन, शक्ति बस्नेत लगायतलाई भने निरन्तरता दिन सक्ने अनुमान गरिएको छ ।

मुख्यमन्त्रीहरुमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र ५ का शंकर पोखरेल परिवर्तन हुने सम्भावना देखिएको छ । समितिले नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ र अर्का वरिष्ठ नेता बामदेव गौतमलाई पनि उचित स्थान दिने वारेमा प्रतिवेदनमा उल्लेख गर्नेछ ।- पाथिभरा डेलिबाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया