Sunday, September 20, 2020

छोरा बुहारीलाई कोरोना भएपछि आमाको शव उठाउने कोही भएनन्

- Advertisement -

विराटनगर। विराटनगर महानगरपालिका–३ की ८७ वर्षीय बृद्धाको शनिबार राति घरमै निधन भयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृत्यु भए पनि उनको शव उठेको छैन ।
बृद्धाका छोरा र बुहारीमा कोरोना पोजेटिभ देखिएको छ । बृद्धामा कोरोना नेगेटिभ देखिएको छ । सँगै बस्ने नातिको कारोना जाँच रिपोर्ट आउन बाँकी छ ।

छोराबुहारीलाई नै संक्रमण देखिएका कारण घरमा छिमेकी र आफन्त प्रवेश गरेका छैनन् । शव उठाउने मान्छे नभएपछि वृद्धाको शव घरभित्रको पलङमै छ । बृद्धाका दुई छोरा छन् । संक्रमण पुष्टि भएपछि कान्छा छोरा मंगलबारयता आइसोलेसनमा छन् । जेठा छोरा काठमाडौंमा छन् । खतिवडा थरकी बृद्धाको स्यहारमा बसेकी वुहारीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । बृद्धाको शव रुघेर बुहारी र नाति बसेका छन् ।

शव गनाउन सक्ने अवस्था आइसक्यो तर उठाउन सकिएको छैन,’ स्थानीय कुलमणि बरालले भने, ‘महानगरले शव घाटसम्म लगिदियोस्, हामी अन्त्येष्टी गर्छौं ।’ बरालसहित केही स्थानीय घर बाहिर बसेका छन् । घरभित्र वृद्धाको शव, उनको बुहारी र नाति छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई मंगलबार नै मारवाडी सेवा सदनको होल्डिङ आइसोलेसनमा भर्ना गरिएको छ । छोरा आइसोलेसनमा रहेकै अवस्थामा आमाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको थियो ।

बृद्धा महिलाको स्याहारमा बसेकी बुहारीको रिपोर्ट भने पोजेटिभ आएको विराटनगर–३ का अध्यक्ष विनोदकुमार बस्नेतले बताए । अध्यक्ष बस्नेतका अनुसार बृद्धाको स्यहारमा बसेकी बुहारी र छोरामा कोरोना देखिएका कारण छिमेकीहरु पुगेका छैनन् ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

आजबाट मलमास सुरु: के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म...

सास रहुञ्‍जेलसम्म लडिरहन्छु : डा. केसी

चिकित्सा शिक्षामा सुधारको माग गर्दै रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अनशन बसेको चौथो...

३५ औँ विश्व ओजोन तह बचाउ दिवस

कञ्चनपुर, आज ३५ औँ विश्व ओजोन तह बचाउ दिवस मनाइदै छ । ओजोन तहले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ । पृथ्वीको...

अन्लाईन परीक्षा, प्रयोगात्मक परीक्षा र कक्षा ११ को प्राप्ताङ्कलाई गणना गरी...

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम...

आज २०७७ असोज १ गते बिहीबारको राशिफल

आज २०७७ असोज १ गते बिहीबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी...

महिलाको यस्तो इच्छा जुन हरेक पुरुषलाइ थाहा नहुन सक्छ,खुलेर व्यक्त हुँदै

काठमाडौ । प्रकृतिले महिला र पुरुषको शरीरमा जन्मदै भिन्नता दिएको हुन्छ । यसलाई चाहेरपनि मानिसले परिवर्तन गर्न सक्दैन । हुन त विज्ञानले केही चमत्कार...

असोज १ गतेबाट विद्यालय खुल्ने, विद्यार्थी भर्ना गर्ने बाटो खुला

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गते सर्त राखेर विद्यालय खोल्न दिन भएको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -