सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारको निर्णय विपरीत खुलेको विद्यालयका शिक्षकमा कोरोना

३२ साउन, हेटौंडा । साउन दोस्रो सातासम्म स्थानीय तहमा कोरोना संक्रमित नभेटिएपछि मकवानपुरगढी गाउँपालिकाले केटाकेटी ‘बरालिने भए’ भन्दै विद्यालयहरु खोल्ने निर्णय ग¥यो । जोर–विजोर वा सिफ्टमा सुरक्षा उपाय अपनाएर पठनपाठन सुरु गर्न सकिने उसले बताएको थियो ।

जबकी केन्द्र सरकारले अहिले विद्यालय तथा शैक्षिक संस्थाहरु खोल्न प्रतिबन्ध लाएको छ । तर गाउँपालिकाको शिक्षा समितिले नै विद्यालय खोल्न सहमति दिएपछि भानु माध्यमिक विद्यालयले पढाई सुरु ग¥यो । कक्षा ८ देखि १२ सम्म बिहान ८ देखि १२ बजेसम्म र त्यसपछि १ देखि ७ सम्मको कक्षा सञ्चालन भयो । कुल विद्यार्थी संख्या ५०० भएपनि झण्डै २०० हारहारी स्कुल आउन थाले ।

कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाई हुने भएकाले विद्यालय खुलेको समयमा केही अभिभावकले आफ्ना सन्तानलाई भर्ना गर्न पनि ल्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनकुमारी पाख्रिनले जानकारी दिइन् ।

World Link Ads
Mahakali Polytechnic

तर प्रवि तहका एक शिक्षकको परिवारका सदस्यलाई कोरोना संक्रमण देखियो । कट्याक्ट ट्रेसिङका क्रममा शिक्षकको पनि स्वाब संकलन गरेर परीक्षण गर्दा २५ गते संक्रमण पुष्टि भयो । त्यसले सिंगो गाउँ त्रासमा प¥यो ।

Sana Kishan

शिक्षकको प्रत्यक्ष सम्पर्कमा रहेका केही शिक्षकले कोरोना परीक्षणका लागि स्वाब दिए । शनिबार थप तीन शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये दुई जना प्राथमिक र एक जना माध्यमिक तहका शिक्षक हुन् ।

‘कोरोना गाउँपालिकामा थिएन । त्यसैले सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्ने भनेका थियौं’ गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई भन्छन्, ‘शिक्षकमा कोरोना संक्रमण देखिएपछि नयाँ समस्या सृजना भएको छ ।’

उनकाअनुसार थप ५ जना शिक्षकले पीसीआर टेष्टका लागि आइतबार स्वाब दिएका छन् । विद्यार्थी र अभिभावकलाई घरमै बस्न आग्रह गरिएको छ । ‘लक्षण देखियो वा केही गाह्रो भयो भने सम्पर्क गर्नुस् भनेका छौं’ उनले भने । तर अभिभावकहरु भने त्रासमा छन् ।

उनीहरुमध्ये एक प्रकाश दाहाल भन्छन्, ‘शिक्षकमा कोरोना देखियो भनेपछि बच्चाको ख्याल गरेका छौं । तर उनीहरुमा संक्रमण देखिन्छ कि भन्ने डर लागेको छ ।’ -अनलाईन खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.