Tuesday, September 29, 2020

मन्त्रिपरिषद् पुर्नगठनको अन्तिम तयारीमा ओली–प्रचण्ड, यी मन्त्री र मुख्यमन्त्रीको जाने भयो पद

- Advertisement -

काठमाडौं– नेकपा भित्रको विवाद समधानका लागि कार्यदल गठन भएसँगै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा लागेका छन्। ओली र प्रचण्डबीच २ वर्ष कार्यकाल पुरा गरेका झण्डै १० मन्त्री र ३ जना मुख्यमन्त्री फेर्ने सहमति बनेको स्रोतको दाबी छ ।

पहिलो चरणमा मन्त्रिमण्डल पुर्नगठन हुने छ भने दोस्रो चरणमा प्रदेश सरकार पनि पुर्नगठन गरिनेछ । स्रोतका अनुसार पूर्व माओवादीको नेतृत्व रहेका एक मुख्यमन्त्री र पूर्व एमाले नेतृत्वमा रहेको २ गरी कम्तिमा ३ जना मुख्यमन्त्रीलाई विदाइ गरेर नयाँ मुख्यमन्त्री नियुक्त गर्न ओली–प्रचण्ड सहमत भएका छन् ।

ष्mबनभक
माओवादीको तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा रहेको छ भने पूर्वएमालेको तर्फबाट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमति प्रदेशका डोरमणी पौडेल र प्रदेश १ का शेरधन राईमध्ये २ जनालाई विदाई गर्ने तयारी छ ।

यता नयाँ मन्त्रीमा पूर्व माओवादीबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु शाह र पम्फा भुसालको नाम चर्चामा छ ।

पूर्व एमालेबाट भने पार्टी महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, गणेश ठगुन्ना र प्रेम आले लगायत नयाँ मन्त्री बन्ने चर्चामा छन् । पार्टीमा सहमति जुटेमा ओली भने उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रिपरिषद्मा सामेल गराउन चाहेका छन् ।

त्यसैगरी ओलीले २ वर्ष कार्यकाल पुरा गरेको भएपनि गृहमन्त्री रामबहादुर थापा र ईश्वर पोखरेललाई भने निरन्तरता दिन चाहेका छन्। यता प्रचण्डले पनि वर्षमान पुन र विना मगरलाई निरन्तरता दिन चाहेका छन्। चार जना बाहेक अन्यमन्त्रीको पद रेड जोनमा रहेको स्रोतले जानकारी दियो।-मिडिया डबली

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया