सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विवाह गर्दै हुनुहुन्छ ? त्यसकारण मेडिकल टेस्ट गर्नु आवश्यक छ

विवाहको अर्थ केवल दुई व्यक्तिको मिलन मात्र होइन । हरेक पाइलामा एक(अर्काको साथ दिनु पनि हो । त्यस्तो साथ रहिरहोस् भन्नका लागि स्वस्थ रहन आवश्यक हुन्छ । जसको लागि यी कुराहरुको तयारी हुनु आवश्यक छ ।

यदि तपाईं वैवाहिक बन्धनमा बाँधिन लाग्नुभएको छ भने आफ्नो स्वास्थको विशेष रुपमा ध्यान राख्नुपर्छ । त्यसो भए मात्र नयाँ जिम्मेवारी र सम्बन्धलाई निभाउँदै जिन्दगीको खुशीहरुको आनन्द उठाउन सक्नुहुन्छ । यी कुराहरु श्रीमान्(श्रीमती दुबैमा लागू हुन्छ ।

भावी श्रीमानको लागि

World Link Ads
Mahakali Polytechnic

विवाहपछि पुरुषहरुको जिन्दगीमा पनि विभिन्न किसिमका परिर्वतनहरु आउँछन् । आफ्नो भविष्यप्रति उनीहरुको मनमा पनि प्रश्न उत्पन्न हुन्छ । त्यसैले विवाहभन्दा अगाडि पुरुषहरुले निम्न कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

Dirghayu Ads

(यदि तपाईंंलाई यौनसम्बन्ध सम्बन्धी कुनै समस्याको कारणले भविष्यमा तपाईंंको वैवाहिक जीवन प्रभावित हुनसक्छ भन्ने लाग्छ भने यस बारेमा डाक्टरसँग निसंकोच सल्लाह लिनुपर्छ ।

(जुन युवाले विवाह अघि नै यौन सम्बन्ध राखिसकेका हुन्छन् । उनीहले आफ्नो सन्तोषका लागि एचआईभीको जाँच गर्नु आवश्यक छ ।

(आधुनिक जीवनशैली र खानपानको गलत बानीहरुका कारण हिजोआज धेरै युवा ओबेसिटी जस्ता समस्याहरुको शिकार भइरहेका छन् । तपार्इंलाई पनि त्यस्ता कुनै समस्याहरु छ भने नियमित व्यायाम र सन्तुलित आहार अपनाएर आफ्नो बढ्दै गएको वजन नियन्त्रित गर्नुपर्छ ।

(विवाहभन्दा पहिला एकपटक जनरल फिजिशियनसँग सबै स्वास्थ जाँच गराउनुपर्छ । यदि तपाईंंलाई ब्लड प्रेसर अथवा डायबिटिजको समस्या छ भने डाक्टरको निर्देशनहरुलाई पालन गरेर त्यसलाई नियन्त्रित गर्ने कोसिस गर्नुपर्छ ।

भावी श्रीमतीका लागि

यदि अनियमित पिरियड्स, मेन्स्ट्रअल केम्प्स अथवा हृयाभी ब्लिडिङ जस्ता विभिन्न समस्या छ भने तरुन्त स्त्री रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

Sana Kishan

यी कुरालाई पनि ध्यान दिनुपर्छ

(हेमोग्लोबिन जँचाउनु पर्छ । यदि यसको स्तर १२ ग्रामभन्दा कम छ भने डाक्टरको सल्लाह लिएर आइरन र मल्टिभिटामिन्स लिनुपर्छ । आफ्नो भोजनमा खजूरी, सख्खर, चना, बदाम, अनार, स्याउ र केरासँगै हरियो सँगपातलाई प्रमुख रुपमा समावेश गर्नुपर्छ ।

(डाक्टरसँग परिवार नियोजनको साधनाहरु र यसको साइड इफेक्टको बारेमा पूर्ण जानकारी हाँसिल गर्नुपर्छ । केही नवविवाहित दुलहीले सोच्दै नसोची गर्भ निरोधक चक्की सेवन गर्न थाल्छन् । त्यसो गर्नाले स्वास्थलाई नराम्रो असर पु¥याउँछ । त्यसैले डाक्टरको सल्लाह बिना यसको सेवन गर्नुहँुदैन ।

ध्यान दिनुपर्ने कुराहरु

(मासिक चक्रको सुरक्षित दिनहरुको बारेमा डाक्टरसँग सोध्नु आवश्यक छ । यसो गर्दा सम्भावित गर्भाधारणको आशंकालाई टाल्न सहयोग प्राप्त हुन्छ ।

बिर्सन नहुने कुराहरु

– विवाह हुनु अगाडि नै हरेक युवक र युवतीले रक्तसम्बन्धी अनुवांशिक रोग थेलेसिमियाको जाँच गर्नु आवश्यक छ भन्ने कुरा वैवाहिक जीवनको सुरुवात भन्दा पहिला पुरुष र महिला दुबैले विशेष ध्यान दिनुपर्छ । यदि दुबै पार्टनरलाई मेजर थेलेसिमिया छ भने भावी सन्तानमा पनि यो रोग देखिनसक्छ । यदि श्रीमान्(श्रीमती दुबैलाई माइनर थेलेसिमिया छ भने पनि उनीहरुबाट जन्मेका शिशुलाई मेजर थेलेसिमिया हुनसक्छ । त्यसैले हिजोआज विवाहभन्दा अगाडि थेलेसीमियाको जाँच गर्ने सल्लाह दिइन्छ । यदि दुबै मध्ये कुनै एकलाई माइनर थेलेसिमिया छ भने भावी सन्तानमा यो रोगको आशंका धेरै कम हुन्छ । तर, पनि बच्चा जन्मउने योजना गर्नुभन्दा पहिला एक पटक डाक्टरसँग सल्लाह गर्नु आवश्यक छ ।

अन्य कुराहरु

(विवाह अगाडि दुबैले आफ्नो रगतको जाँच गराउनुपर्छ । यसको साथै आरएच फ्याक्टरको जाँच गराउनु पनि अति आवश्यक छ । यदि श्रीमान्( श्रीमतीको आरएच फ्याक्टर म्याच गर्दैन भने गर्भाधारण भएको समयमा धेरै समस्याहरु उत्पन्न हुनसक्छ र शिशुमा जन्मजात धेरै विकृतिहरु पनि हुनसक्छ ।

(विवाहभन्दा पहिला युवाहरुले हेपेटाइटिस(बीको जाँच गर्नु आवश्यक छ ।

(छाला सम्बन्धी विभिन्न रोगहरु हुन्छन् । यदि तपाईंंलाई त्यस्ता केही समस्या छ भने डर्मेटोलोजिस्टकहाँ जानुपर्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.