Tuesday, September 29, 2020

प्रेम सम्बन्ध : विवाह गर्नैपर्छ ?

- Advertisement -

प्रेम गरेपछि विवाह गर्नैपर्छ ? यो प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन्, प्रेम र विवाह दुई फरक कुरा हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन्, प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम(सम्बन्ध सार्थक हुन्छ ।

प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग मात्र होइन । त्यसैले जोसँग प्रेम गरिन्छ, उसालाई भावी जीवनसाथीको रुपमा हेर्ने गरिन्छ ।

कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त शरीरिक सम्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले लहडमा प्रेमीरप्रेमिका बनाउँछन् । कतिले देखासेखीमा । कतिले आफ्नो सुरक्षाका लागि पनि यस्तो जोडी बाँध्ने गरेको पाइन्छ ।

त्यसैले प्रेमीरप्रेमिकाको रुपमा जोडिन आउने जो कोहिसँग दाम्पत्य सम्बन्ध गाँस्न सकिन्छ भन्ने हुँदैन । तर, कहिले काहिँ त्यस्तै प्रेमीरप्रेमिकासँग बिवाह गर्न पुगिन्छ । र, यस्ता दाम्पत्य जीवन सुखमय र सुमधुर हुन्छ भन्ने छैन ।

प्रेम गरिरहँदा प्रेमीरप्रेमिकासँग दाम्पत्य जीवन कसरी बिताउने भनेर चर्चा गरिन्छ । कतिले त फेमेली प्लानिङ समेत गर्न भ्याउँछन् । छोरा जन्माउने कि, छोरी ? नाम के राख्ने ? कहाँ पढाउने ? इत्यादी । हुनसक्छ, प्रेम जीवनलाई रोमान्टिक बनाउन पनि यस्ता परिकल्पनामा डुब्ने गरिन्छ ।

पार्टनरको आनीबानी बुझ्ने कि ?

त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमीरप्रेमिकाको आनीवानी, व्यवहार, सोच चिन्तन, उदेश्य, अपेक्षा सबै कुरा मूल्यांकन गर्न सकिन्छ । आफ्ना प्रेमीरप्रेमिकाले आफुसँग कस्तो व्यवहार गरिरहेका छन् ? आफुलाई कुन रुपमा हेरेका छन् ? त्यसबारे बुझ्नुपर्छ ।

प्रेम आँखाबाट सुरु हुन्छ । कसैप्रतिको वाह्य आकर्षण नै प्रेममा रुपान्तरण हुने हो । जब कसैलाई प्रेमीरप्रेमिका बनाइन्छ, तब मात्र उसको असली स्वभाव थाहा हुन्छ । सुरुवाती चरणमा अरुको स्वभाव, आनीबानी थाहा पाउन सकिदैन ।

कस्ता प्रेमीरप्रमिकासँग जीवन बिताउन सकिन्छ ?

यदि प्रेमीरप्रेमिकाले आफ्नो हरेक कुरामा चासो रख्छ, स्वास्थ्यस्थितीमा ख्याल राख्छ, पारिवारिक कुरा जान्न उत्सुक रहन्छ, करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरु भावी जीवनसाथीको रुपमा स्विकार्न सकिन्छ । आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने, दुखसुख साझेदार गर्ने प्रेमीरप्रेमिकासँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य सम्बन्ध सुमधुर हुन्छ ।

आफ्नो स-सानो कुरामा ख्याल राख्ने, कस्तो लुगा सुहाउँछरकस्तो सुहाउँदैन, के खायो, के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने त्यस्ता प्रेमीरप्रेमिका जीवनसाथीको रुपमा उपयुक्त हुन्छन् ।

प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमीरप्रेमिकालाई जीवनसाथीको रुपमा स्विकार्न वा अंगाल्न सकिन्छ कि सकिदैन भनेर निक्र्यौल गर्न सकिन्छ ।

यतिबेला के छुट हुन्छ भने, आफ्नो जीवनमा प्रेमीरप्रेमिका मन नपरेको अवस्थामा त्यग्नका लागि कुनै कानुनी प्रावधान पुरा गरिरहनु पर्दैन । सामाजिक मिलोमेसो मिलाइरहनु पर्दैन । त्यसैले यदि आफ्ना प्रेमी वा प्रेमिकाको कतिपय प्रवृत्ति चित्त नबुझेमा ब्रेकअप गर्न सकिन्छ ।

विवाहपछि

बिवाह जीवनको यस्तो मोड हो, जहाँबाट गृहस्थी जीवनमा प्रवेश गरिन्छ । गृहस्थी सुखका लागि पतिरपत्नीबीच आपसी समझदारी, सहकार्य, सद्भाव, प्रेम, सदिच्छा, विश्वास हुनुपर्छ । यसकारण आफ्ना पार्टनर कस्ता छन् भन्ने कुरा बिवाहअघि नै थाहा पाउनुपर्छ ।

अक्सर प्रेम सम्बन्धमा रहँदा आफ्ना पार्टनरको आनीबानी, चालचलन, प्रवृत्ति, सोंच, चिन्तन सबै कुरा थाहा पाउन सकिन्छ । त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला यी कुराहरु थाहा हुनुपर्छ । किनभने बिवाह गरिसकेपछि फेरी त्यस्तो अवसर पाइदैन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया