Sunday, September 27, 2020

मध्यपहाडी लोकमार्गमा सडक भासियो

- Advertisement -

कुश्मा स् लगातारको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्डको पर्वत सदरमुकाम कुस्मा नजिकै वडा नं. ७ फलामखानीमा शनिबार बिहान भासिएको हो।

पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको छ। कालोपत्रे गर्ने अन्तिम तयारी अवस्थामा रहेको बेलामा भएको लकडाउनका कारण काम रोकिएको अवस्थामा सडक भासिएको हो। झण्डै एक सय मिटरभन्दा बढी भाग भासिएपछि अहिले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ।

सडकको छेउबाट मध्य भागसम्म भासिएका कारण तत्कालका लागि भासिएको ठाउँमा एकतर्फी रूपमा मात्रै सवारी चलाउन लागिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। सडक मर्मत गर्न लामो समय लाग्ने भएकाले अहिलेलाई भासिएको ठाउँमा बार लगाएर कुनापट्टिबाट एकतर्फी सवावरीसाधन सुचारु गरिएको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए।

सडक भासिएपछि सदरमुकाम कुश्मासँगै छिमेकी जिल्ला म्याग्दी, बागलुङ र मुस्ताङबाट छुट्ने सवारीसाधनले पालो कुरेर बाटो काट्नुपर्ने भएको छ। सवारी चाप हुँदा केही बेर जामसमेत हुने गरेको चालकको गुनासो छ।

उक्त स्थान पहिरोको समेत उच्च जोखिममा रहेकाले वर्षात नरोकिए सडक अझै भत्किन सक्ने स्थानीय देवराज पुरीले बताए। तलपट्टि भीर रहेकाल पनि उक्त खण्ड वर्षायाममा जोखिमपूर्ण रहेको उनले बताए। सडकको दीर्घकालीन रुपमा मर्मत नगर्ने हो भने जुनसुकै बेला जोखिम निम्ति सक्ने भएकाले निर्माण पक्षले तत्काल मर्मतका लागि पहल गर्नुपर्ने उनको भनाइ छ।

विगतका वर्षमा भन्दा यस वर्ष वर्षा धेरै भएकाले पनि मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा बढी समस्या आउन थालेको छ। निर्माणाधिन सडकमा हरेक दिनजसो पहिरो खस्न थालेपछि पटक(पटक सडक अवरुद्ध हुने गरेको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल्स क्षेत्र ठप्प बन्यो । बजार बन्द रहे । बिक्री र बुकिङ पनि ठप्प नै रह्यो । लकडाउन...

कुलमानलाई नै विद्युत प्राधिकरणमा ल्याउने सरकारको तयारी

काठमाडौं असोज ९(नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...

मासिक ७ हजार ५ सय तिर्नेगरि किन्न सकिन्छ टीभीएस RTR 160...

काठमाडौं । टीभीएस १६० फोर भी सिंगल डिस्क किन्न चाहने ग्राहकले मासिक ७ हजार ५८० रुपैयाँ किस्ता तिर्नेगरि किन्न सक्ने छन् । कम्पनीले ल्याएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया