सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

चीनका विदेशमन्त्रीको तिब्बत सीमा क्षेत्रमा दुर्लभ ‘अध्ययन’ भ्रमण

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
साउन ३२, २०७७
1 min read

काठमाडौं, साउन ३१ लद्दाख भिडन्तपछि भारतसँग तनाव बढिरहेका बेला चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले शुक्रबार तिब्बतको दुर्लभ भ्रमण गरेका छन्।

पाँच वर्षे कोरियाली भिषासंगै गगनको जीबन लिला पनि कोरियामै अस्तायो !!

चैत्र १८, २०७७
139

अनलाइन फर्मबाट पहिलो पटक सदस्यता वितरण कार्य सम्पन्न

चैत्र २, २०७७
36

चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारको पत्रिका तिब्बत डेलीले विदेशमन्त्री वाङले तिब्बतको भारतीय सिमावर्ती क्षेत्रको समेत भ्रमण गरेको जनाएको छ। चीनका विदेशमन्त्री हत्तपत्त तिब्बत भ्रमणमा नआउने भएकाले वाङको यो भ्रमणलाई दुर्लभ मानिएको छ।

‘चीन सरकारको कुटनीतिक मोर्चाले राष्ट्रिय सुरक्षा तथा तिब्बतको खुलापनका लागि तिब्बतका नागरिकसँग मिलेर काम गर्ने छ’, वाङको भनाइ उधृत गर्दै तिब्बत डेलीले शनिबार लेखेको छ।

करिब दुई महिनाअघि लद्दाखको गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिक मारिएका थिए। त्यसयता दुई देशका सैनिक र कुटनीतिक तहबीच पटक पटक वार्ता भएर सीमा क्षेत्रबाट सेना फिर्ता गर्ने सहमति भएपनि तनाव झन् बढिरहेको छ।

वाङले तिब्बत सीमा क्षेत्रमा भ्रमण गरे लगत्तै शनिबार स्वतन्त्रता दिवसको उपलक्ष्यमा दिल्लीमा बोल्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाख मामिला विश्वले हेरिरहेको भन्दै ‘भारतको सार्वभौमिकतामाथि कसैले चुनौती दिए त्यही भाषामा जवाफ दिन तयार रहेको’ बताएका थिए।

पछिल्लो समय भारतले सीमा क्षेत्रमा सेनाको ठूलो संख्या परिचालन गरेको छ भने अत्याधुनिक हतियार पनि थुपारेको छ। चीनले पनि सीमा क्षेत्रमा सेना र हातहतियार थप्नुको साथै युद्धअभ्यास गरिरहेको रिपोर्टहरू आइरहेका छन्।

विश्वकै ठूलो जनसंख्या र उदीयमान आर्थिक शक्ति चीन र भारतबीच अहिले व्यापार करिब ठप्प भएको छ।

केही अन्य चिनियाँ सञ्चार माध्यमले वाङको तिब्बत भ्रमणलाई ‘अध्ययन भ्रमण’ भनेका छन् र, ‘यसबाट राष्ट्रिय सुरक्षाको मामिलामा चिनियाँ सेना र विदेश मन्त्रालयबीच संयोजन हुने’ टिप्पणी गरेका छन्।

‘तिब्बतको सुरक्षा र स्थिरता चीन र चिनियाँ कम्युनिष्ट पार्टीको सुरक्षा र विकाससँग सम्बन्धित छ’, वाङले भने, ‘कोभिड १९ को चौतर्फी असरका बाबजुद कुटनीतिक मोर्चाले तिब्बतका अधिकारीहरूसँग मिलेर तिब्बतको सुरक्षा र स्थिरताका लागि ‘नयाँ युगमा तिब्बतको सुशासन गाइडलाइन’ कार्यान्वयन गर्न काम गर्नेछ।’

तिब्बत डेलीका अनुसार भारतसँग भिडन्तपछि तिब्बतमा बेइजिङबाट भएको यो पहिलो उच्च भ्रमण हो। शुक्रबार वाङले ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत क्षेत्रका सचिव र तिब्बतका सरकार प्रमुखसँग भेटवार्ता गरेका थिए।

भारतसँग तनाव बढेसँगै तिब्बतको सीमा क्षेत्रमा परिचालन गरिएका चिनियाँ सेनाका अधिकारीहरूसँग पनि वाङले भेटवार्ता गरेको बताइएको छ।

भेटमा वाङले तिब्बतको क्षेत्रीय स्थिरता, चीनको राष्ट्रिय सुरक्षा, तिब्बतको खुलापन र बाह्य विश्वसँग सहकार्य तथा आर्थिक र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन्।

भारतीय सीमा क्षेत्र भ्रमण गर्ने क्रममा तिब्बतले पूर्वाधार विकास, गरिबी निवारण र गाउँको विकासमा राम्रो प्रगती गरेको वाङले बताए।

नेपाल, भारत, विवादस्पद कास्मिर क्षेत्र, भुटान र म्यानमारसँग तिब्बतको सीमा जोडिएको छ।-नेपालखबर

सिफारिस

मुख्य समाचार

पाँच वर्षे कोरियाली भिषासंगै गगनको जीबन लिला पनि कोरियामै अस्तायो !!

चैत्र १८, २०७७
139
विश्व

अनलाइन फर्मबाट पहिलो पटक सदस्यता वितरण कार्य सम्पन्न

चैत्र २, २०७७
36
मुख्य समाचार

प्रहरीले गोली चलाउँदा ६ जना प्रदर्शनकारीको मृत्यु !!

फाल्गुन २९, २०७७
179
विश्व

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? यस्तो छ कारण !!

फाल्गुन १३, २०७७
70
विश्व

डुंगा पल्टिँदा ८ जनाको मृत्यु !

फाल्गुन १२, २०७७
50
विश्व

अमेरिकाको आकाशमा उडिरहेको विमानमा आगलागी !

फाल्गुन १०, २०७७
51
अर्को

सुरेश रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

मध्यपहाडी लोकमार्गमा सडक भासियो

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
9

यस्ता छन् गर्दनको पीडा निको गर्ने केही योगासनहरू !!

बैशाख ५, २०७८
4

कोरोना रोकथामका लागि उपत्यकाका शैक्षिक संस्था बन्द ?

बैशाख ५, २०७८
4

कैलालीमा १० दिन बिधालय बन्द गराउन प्रशासनको आग्रह !!

बैशाख ५, २०७८
6

खजुर खादा शरीरलाई हुन्छन् यस्ता फाईदा ?

बैशाख ५, २०७८
5

भगवान शिवसँग सम्बन्धित आनौठा रहस्य– शिवशंकरको अर्थ के हो ?

बैशाख ५, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In