सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

नेकपामा फेरि ट¥यो ओलीको संकट

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
साउन ३१, २०७७
1 मिनेट पाठ

३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संकट तत्कालका लागि टरेको नेताहरुले बताएका छन् ।

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर कार्यदल गठन गरेसँगै ओलीको संकट टरेको हो । ओली र प्रचण्डले सहमति खोज्न शुक्रबार महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । पौडेल नेतृत्वको कार्यदलममा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन् ।

स्रोतका अनुसार ओली र प्रचण्डबीच मोटो सहमति भएर नै कार्यदल गठन भएको देखिन्छ । ‘ओलीले प्रचण्डलाई अहिले कार्यकारी अध्यक्षको व्यवहारिक अभ्यास गर्न दिने र आसन्न महाधिवेशनपछि अध्यक्ष र आम चुनावपछि प्रधानमन्त्रीको बचान दिइएको छ’ स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच समझदारी भइसकेकाले कार्यदलले त्यसलाई औपचारिकता दिनेबाहेक थप केही गर्दैन होला ।’

यद्यपि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ प्रकाशसँग शनिबार भएको भेटमा प्रचण्डले कार्यदल बनाउने बाहेक थप सहमति नभएको बताए । कार्यदल गठनको निर्णय स्थायी कमिटी वा कम्तिमा सचिवालयबाट गर्नुपर्ने नेताहरुको रायमा ठीक भएको प्रचण्डले समेत बताए ।

भेटमा वरिष्ठ नेता खनाल र नेपालले प्रचण्डको कार्यशैलीबारे असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्रीलाई अर्को मौका

प्रधानमन्त्री ओली वैशाखमा पनि पार्टीभित्र संकटमा परेका थिए । पार्टीमा छलफल नै नगरी दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरुले चर्को विरोध गरे । उनले अध्यादेश पनि फिर्ता लिए ।

तर, १७ गते बसेको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागे । सचिवालयमा अल्पमतमा परेका ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफूतिर तान्न सफल भएपछि २० गते सचिवालयको अवस्था फेरियो । ओलीले आत्मालोचना गरे, गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने र २५ गते स्थायी कमिटीको बैठक निर्णय भयो । निर्णयसँगै प्रधानमन्त्री ओलीको सत्ता संकट तत्कालका लागि ट¥यो ।

स्थायी कमिटी पूर्वनिर्धारित समयमा बसेन । आत्मालोचना अनुसार ओलीको व्यवहार परिर्वतन नभएको भन्दै फेरि प्रचण्ड, वामदेव गौतमहरु रुष्ट बन्न थाले । र, १० असारमा स्थायी कमिटी बैठक सुरु भएसँगै प्रधानमन्त्री ओली अप्ठ्यारोमा परे ।

प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति छाडेर गल्ती गरेको महसुस भएको बताए । अरु नेताहरुले सरकार र पार्टी सञ्चालन प्रभावकारी नभएको बताए । दुई दिनका लागि बैठक स्थगित गरेर १४ असारमा मदन भण्डारी स्मृति दिवसको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरु पनि लागेको आरोप लगाए ।

त्यसले नेकपाको आन्तरिक विवादलाई थप चर्कायो । १६ असारमा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डसहितका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न माग गरे । आफ्नो प्रतिकुल माहौल बनेपछि ओली अर्का अध्यक्ष प्रचण्डसँग समझदारी नगरी स्थायी कमिटीलाई निरन्तरता नदिने मुडमा देखिए ।

अध्यक्षद्वयबीच चरणवद्ध भेटवार्ता भए, विष्णु पौडेल, जनार्दन शर्माहरुको दौडधुप चलिरहृयो । र, ३ साउनमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखे, जसमा प्रचण्ड सहमत देखिए । बैठक लगतै ओली, प्रचण्ड, पौडेल, शर्मालगायतका नेता शीतल निवास पुगे ।

स्रोतहरुका अनुसार ओलीले त्यसबेला प्रचण्डलाई व्यवहारिकरुपमा प्रचण्डलाई कार्यकारी अध्यक्षको अभ्यास गर्न दिने, आगामी महाधिवेशनबाट एकल अध्यक्ष र चुनावपछि प्रधानमन्त्रीको आश्वासन दिएका थिए ।

र, उनी सहमत पनि देखिन्थे । तर, बालुवाटारबाट बाहिरिँदै गर्द महाधिवेशनमा ‘जनताको बहुदलीय जनवादचाहिँ बोक्नुपर्छ है’ भनेका थिए । त्यही कारण शीतलनिवास पुग्दासम्म प्रचण्डको मन फेरिएको र सहमति हुन नसकेको स्रोतको दाबी छ ।

त्यसपछि ओली र प्रचण्डबीच दुरी बढ्यो । दुबैले आ(आफ्नो गुटका स्थायी कमिटी सदस्यहरुको भेला गरे । प्रचण्ड(माधवकुमार नेपाल समूहले प्रधानमन्त्री र अध्यक्ष दुई मध्ये एक पद छाड्नुपर्ने अडान राख्यो भने ओलीले दुबै पद नछाड्ने बताए । त्यसको क्लाइमेक्सका रुपमा १३ साउन बन्यो ।

ओलीले एकपक्षीय रुपमा स्थायी कमिटीको बैठक स्थगित गरे । प्रचण्डले आफ्नो अध्यक्षमा २९ स्थायी कमिटी सदस्यको सहभागितामा बैठक मात्र राखेनन्, स्थायी कमिटी स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको निर्णय समेत गराए ।

त्यसपछि ओलीसँग भिड्ने मुडमा देखिएको प्रचण्ड माधव समूहले पार्टीको अन्तरसंघर्षलाई बैचारिक राजनीतिक भएको स्थापित गर्ने प्रयास गरे ।

प्रचण्डले सहमति नभए आआफ्नो प्रस्ताव लिएर केन्द्रीय कमिटीमा जाने प्रस्ताव राखे । यदि त्यसो भएको भए प्रचण्ड(माधव समूह पार्टी संसदीय दलका साथै देशभर आफ्नो समूहलाई वैचारिकरुपमा संगठित गर्न सफल हुने थियो ।

तर, प्रचण्ड फेरि अर्का अध्यक्ष ओलीसँग सहमति गर्न पुगेको र यसले ओलीमाथि आएको संकट दोस्रोपटक पनि टरेको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए । ‘सुरुमा दुबै पद छाड्नुपर्छ भन्ने गल्ती थियो, अब एउटा पनि नछाड्ने अवस्था आयो’ प्रचण्डनिकट एक स्थायी कमिटी सदस्य भन्छन् ।

ओलीसँगको सहमतिले प्रचण्ड(माधवकुमार नेपाल समूहमा भने विश्वासको संकट पैदा भएको छ । ‘उहाँमाथि गम्भीर विश्वासको संकट पैदा भएको छ’ नेपाल निकट एक स्थायी कमिटी सदस्यलेसँग भने, ‘कसरी अगाडि बढ्ने भन्ने टुंगो भइसकेको छ । यसका लागि केही समय पर्खिनुपर्छ ।’ यो समाचार अनलाईन खबरमा राजकुमार श्रेष्ठले लेखेका छन् ।

सिफारिस

मुख्य समाचार

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७
मुख्य समाचार

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७
मुख्य समाचार

ओरियन्स नामक कम्पनीका खाद्य सामाग्री सहित एक जना पक्राउ !

माघ १३, २०७७
मुख्य समाचार

प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा तरुण दलका कोषाध्यक्ष पक्राउ !

माघ १३, २०७७
राजनीति

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७
राजनीति

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७
अर्को

निधिले देउवालाई भने: म सभापति उठ्ने हो, सहयोग गर्नुस्

S

कागती पानीको फाइदा मात्र होइन बेफाइदा पनि छ, यस्तो समस्या भएका ब्याक्तिले कागती पानी नछुनुहोस !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

शरीरमा रगत बढाउने ७ घरेलु उपाय !

माघ १३, २०७७

कोरोना महामारीको कारण स्टेज नखुल्दा, आर्थिक समस्यामा कलाकार खोज्दै विकल्प !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In