Tuesday, October 27, 2020

मालपोत कार्यालय बैतडीद्वारा ६१ लाखभन्दा बढी राजस्व संकलन

- Advertisement -

साउन ३१, बैतडी । मालपोत कार्यालय बैतडीले आर्थिक वर्ष ०७६र ०७७ मा रू.६१ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयले पूँजिगत लाभकर, प्रशासनिक दण्ड जरिवाना, रजिष्ट्रेसन र अन्य विविधबाट रू.६१ लाख २६ हजार २७९ राजस्व संकलन गरेको मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले बताए ।

‘कोभिड– १९ नियन्त्रणको लागि गरिएको लकडाउनले गर्दा अपेक्षा अनुसारको राजस्व संकलन भएन नत्र योभन्दा पनि बढि हुने थियो’, उनले भने ।

कार्यालयले सवभन्दा बढि रजिष्ट्रेसन शुल्कवाफत रू.४२ लाख ११ हजार ४४२, पूँजिगतलाभ कर वापत रू.७ लाख ३७ हजार ७६२, सेवाशुल्कबाट रू.२ लाख १९ हजार २२५ र रोक्का बापत रू.६ लाख ६३ हजार ६०० संकलन गरेको छ । यसैगरि दण्डजरिवानाबाट रू.१ लाख ९७ हजार १००, पूर्जाविक्री बापत रू.११ हजार ९५० र विविधवाट रू. ८५ हजार २०० संकलन गरिएको मालपोत कार्यालय बैतडीका लेखापाल भवानी प्रशाद भट्टले वताए ।

अहिले जिल्लाका सबै स्थानिय तह सडक संजालले जोडिएका कारण बैंकिङ सुविधा थप हुँदा जमीनको कारोबारमा वृद्धि भइरहेको छ । जमीन धितो राखेर बैंकबाट ऋण लिनेको संख्या बढेको छ । यसले गर्दापनि जमीन रोक्का गर्नेको संख्या बढेका कारण पनि राजस्व संकलनमा वर्षेनी बढ्दै गइरहेको मालपोत कार्यालयका प्रमुख दिलाराम भट्टले बताए ।

मालापोत कार्यालयले संकलन गरेको रजिष्ट्रेसन शुल्कको जम्मा रकमको ४० प्रतिशत रकम प्रदेश सरकारलाई र ६० प्रतिशत रकम स्थानिय तहलाई बुझाउनु पर्ने हुन्छ । आव ०७६र०७७ मा पनि मालापोत कार्यालय बैतडीले रजिष्ट्रेसन शुल्कको प्रदेश सरकारलाई रू. १६ लाख ८४ हजार ५७६ र जिल्लाका १० ओटै स्थानिय तहलाई रू.२५ लाख २६ हजार ८६५पठाएको छ ।

सरकारले दलित महिला र मुक्त हलियालाई जमिन नामसारी गरेमा २५ प्रतिशत छूट दिने गरेको छ । आर्थिक वर्ष ०७६र ०७७ मा कार्यालयले महिला दलित र मुक्त हलियालाई जमीन नामसारी गर्दा रू.३ लाख १८ हजार ६३९ छूट दिएको छ ।

सरकारले छूट दिएपछि महिलाको नाममा जग्गादर्ता गर्नेको संख्या पनि वृद्धि भइरहेको छ ।यसैगरि उक्त कार्यालयले पाँच ओटा विद्यालय, ११ ओटा स्वास्थ्य सस्थाँ र ११ ओटा सरकारी कार्यालयको नि स् शुल्क जमीन नामसारी गरेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

नेपाल टेलिकमको दशैं तिहार अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत अहिले उपलब्ध भइरहेको विभिन्न प्याकेजलाई थपरपरिमार्जन गरी अटम अफर उपलब्ध गराएको छ । यो योजना बिहीबारदेखि...

सार्वजनिक यातायातले पूरै क्षमतामा यात्रु बोक्न पाउने, भाडा चैत ११ अघिको

काठमाडौं: सार्वजनिक यातायातले पनि आन्तरिक हवाईजहाजले जस्तै सिटभरी यात्रु बोक्न पाउने भएका छन्। असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूरै सिटमा यात्रु बोक्न पाउने...

दार्चुलाका एकल पुरुषलाई पनि भत्ता

  २ कात्तिक, दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल...

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

कुल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया