Saturday, September 26, 2020

बौद्ध दर्शनलाई विश्वव्यापी बनाइनुपर्छ: मन्त्री भट्टराई

- Advertisement -

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धदर्शनलाई विश्वव्यापी बनाउनुपर्ने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित बौद्धदर्शन तथा गुम्बा विकास समितिको ९७ औँ बैठकमा मन्त्री भट्टराईले बौद्धदर्शनलाईं विश्वव्यापी बनाउँदै मानव जातिलाई एकीकृत गर्नुपर्नेमा जोड दिए ।

मन्त्री भट्टराईले बौद्धदर्शन तथा गुम्बा व्यवस्थापन समितिमा मनोनीत हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बौद्धदर्शनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याति कमाउने गरी कार्य गर्नसमेत सबैलाई निर्देशन दिए । उनले देशमा हजारौं ऐतिहासिक गुम्बा रहेको र तिनको तथ्याङ्क एकीकृत गरी जीर्णोद्धार गर्नुपर्ने बताए ।

मन्त्री भट्टराईले भूकम्पबाट क्षति पुगेका गुम्बाको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण तथा पुरातत्व विभागसँग समन्वय गरेर कार्य गर्न अनुरोध गर्दै देशभरि रहेका बुद्धसँग सम्बन्धित काम गर्ने संघसंस्थासँग सहकार्य अघि बढाउन पनि आग्रह गरे । मन्त्री भट्टराईले समितिलाई बौद्धदर्शनसम्बन्धी विश्वस्तरको खोज एवं अनुसन्धान गरी प्रकाशन गर्न आग्रह गरे ।

बैठकले बौद्धदर्शन प्रबद्र्धन तथथा गुम्बा सञ्चालन नियमावली २०७१, निर्देशिका, नियमावली २०७१, आर्थिक प्रशासन नियमावली २०७१ संशोधन तथा कर्मचारी शर्त नियमावली, प्राचीन गुम्बारविहारको अभिलेखीकरण गर्ने तथाबौद्धदर्शन गोन्पा विकास परिषद् ऐनको विधेयक मस्यौदा बनाएर सम्बन्धित निकायमा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै अघिल्लो आवको प्रगति तथा चालू आवका वार्षिक कार्यक्रम अनुमोदनसमेत गरिएको गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (जिक्डोल)ले बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु ग¥यो अनलाइन परीक्षा

महेन्द्रनगरः कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ। मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

बैतडीः पञ्चेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असोज ९ बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष ७६÷७७ मा गरेका विकास निर्माणका कार्यहरुको...

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया