Friday, October 2, 2020

विश्वमै लोपोन्मुख ’लोभीपापी गरुड’ नेपालमा भेटियो 

- Advertisement -

साउन ३१, जाजरकोट- विश्वमै लोपोन्मुख भएको लोभीपापी गरुड जाजरकोट सदरमुकाम नजिकै फेला परेको छ।

भेरी नगरपालिका-१ धल्धा, कालेगाउँस्थित भेरीको किनारमा गुँड बनाएर बच्चा कोरलेको लोभीपापी यो वर्ष ११ वटाको संख्यामा फेला परेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम्‌ पंक्षी तथा नेपाल पंक्षी संरक्षण संघको आजिवन सदस्य गोविन्द सिंहले जानकारी दिएका छन्‌।

कालेगाउँ नजिकै नदीको किनारमा बथानमा खेल्दै गरेको अवस्थामा आफूले लोभीपापी गरुड भेटाएको अधिकृत सिंहले जानकारी दिए।

यसअघि सुर्खेतमा पनि १० वटा लोभीपापी गरुड भेटिएका थिए। कालो शरीर, सेतो घाँटी र अग्ला खुट्टा हुने लोभीपापी गरुड विश्वमा पाइने १९ र नेपालमा पाइने आठ प्रजातिका गरुडमध्ये एक हो। निरन्तर संख्या घट्दै गएकाले यो प्रजातिको गरुडलाई अन्तरार्ष्टिट्रय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले रातो अर्थात संवेदनशील सूचीमा राखिसकेको छ।

जैविक विविधता राम्रो भएको जाजरकोटमा विश्वकै दुर्लभ जनावर रेडपान्डा, दुर्लभ पंक्षीहरु चिर कालिज, सुनगिद्ध र सेतो गिद्धको वास रहेको पाइएको सिंहले बताएका छन्‌।

जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, भेरी नगरपालिका र नलगाड नगरपालिका विश्वमै दुर्लभ जनावर तथा पंक्षीहरुको बासस्थान भएपनि यहाँ जंगल क्षेत्र मासिँदै गएकोमा संरक्षणविद्हरूले चिन्ता व्यक्त गरेका छन्‌।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

बाहिरिँदै मनसुन, कहिलेसम्म हट्ला?

काठमाडौं, असोज १५- नेपालबाट क्रमशः मनसुन बाहिरिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसमविद् विभूति पोखरेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट लगभग यो...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया