Tuesday, September 29, 2020

बेनी नगरपालिकामा स्थानीय पाठ्यपुस्तक तयार

- Advertisement -

बेनी नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ। विद्यार्थीलाई स्थानीय विषयवस्तुबारे जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी स्थानीय पाठ्यक्रम तयार गरिएको हो।

कक्षा १ का लागि ‘मेरो नगरपालिका’ नामको पुस्तक विद्यालयमा पठाउन थालिएको छ। पुस्तक १ सय पूर्णाङ्कको रहेको छ। नगरभित्रका १० वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविध विषयहरूलाई पुस्तकमा समावेश गरिएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए।

आगामी वर्ष क्रमशः कक्षा २, ३, ४ र ५ को पुस्तक तयार पार्न नगर कार्यपालिकाले स्वीकृतिसमेत दिइसकेको छ। बेनी नगरपालिकामा संस्थागत १६ र सामुदायिक ५६ विद्यालय छन्। स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीले समग्र नगरलाई बुझ्ने मौका पाएको नगरप्रमुख हरि कुमार श्रेष्ठले बताए।

निर्माण समिति गठनसँगै धेरै चरणमा सरोकारवालाहरुसँग छलफल चलाई पाठ्यक्रम तयार र लागू गरिएको नगरपालिकाले जनाएको छ।

कोरोना भाइरस जोखिमका कारण विद्यालयमा पठनपाठन बन्द भएकोले नगरपालिकाले विद्यालयका प्रधानाध्यापकलाई स्वअध्ययन सामग्रीसहित नगरपालिकाको पुस्तक विद्यार्थीको पहुँचमा पुग्न गरी आवश्यक योजना बनाउन निर्देशन दिएको छ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु ग¥यो अनलाइन परीक्षा

महेन्द्रनगरः कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ। मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ...

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र...

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, यस्तो छ नयाँ तालिका

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया