Thursday, October 1, 2020

चन्दा संकलनरबाट डडेल्धुरा प्रयोगशालामा फुल्ली अटोमेटिक एक्स्ट्रयाक्सन मेसिन सञ्चालन

- Advertisement -

। चन्दा संकलन गरी नागरिकस्तरबाट डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर प्रयोगशालामा फुल्ली अटोमेटिक एक्स्ट्रयाक्सन मेसिन सञ्चालनमा आएको छ ।

ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा स्थापना भएको पीसीआर प्रयोगशालाको महत्वलाई बुझेर संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फुल्ली अटोमेटिक एक्स्ट्रयाक्सन मेसिन उपलब्ध गराएको हो ।

मन्त्रालयले उपलब्ध गराएको फुल्ली अटोमेटिक एक्स्ट्रयाक्सन मेसिन साउन २४ गतेदेखि सञ्चालनमा आएको हो ।
फुल्ली अटोमेटिक एक्स्ट्रयाक्सन मेसिनले पूर्ण रुपमा काम गरे दैनिक एक हजार जनाको कोरोना परीक्षण हुने प्रयोगशाला प्रमुख ईश्वरी भुषालले बताए ।

ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा डडेल्धुरा अस्पतालमा स्थापनामा भएको पीसीआर मेसिनको प्रतिदिन चार सिफ्टमा तीन सय ८४ जनाको स्वाव परीक्षण गर्न सक्ने क्षमता रहेको थियो ।

जनशक्तिले पूर्णता पाएमा दैनिक एक हजार जनाको कोरोना परीक्षण गर्न सकिने प्रयोगशाला प्रमुख भुषालले बताए ।

एक महिनाअघि स्थापना गरिएको पीसीआर प्रयोगशालामा शुक्रबारसम्म पाँच हजार २ सय ४९ जनाको कोरोना परीक्षण भएको छ । जसमध्ये दुई सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

अनुहारका पूराना भन्दा पूराना दाग हटाउन यसरी प्रयोग गर्नुहोस मह !

धेरै जसो समय अनुहारमा चमक हुँदा हुँदै पनि दाग(धब्बाको कारण हाम्रो अनुहारको प्राकृतिक सौन्दर्य छोटो समयमा फिक्का देखिन्छ। हामी यस्ता जि द्दी डग(धब्बाबाट छुटकारा...

आफ्नै घरको भान्सामा पाउने यस्ता कुराले यसरी गोरो अनि चम्किलो बनाउनुहोस...

भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ । मह...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया