सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

काठमाडौंको जग्गाको मूल्याङ्कन बढेन, उपत्यकाकै सस्तो ललितपुरमा

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
साउन ३१, २०७७
1 मिनेट पाठ

२८ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका जग्गाको मूल्यांकन पुरानै कायम भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गठित समितिले आर्थिक वर्ष २०७७र०७८ का लागि जग्गाको नयाँ मूल्याङ्कन गरेको छ ।

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७

कोरोना भाइरस (कोभिड(१९) ले समग्र क्षेत्रमा असर परेको भन्दै समितिले अधिकांश क्षेत्रको न्युनतम् मूल्याङ्कनमा परिवर्तन गरेको छैन । केहि क्षेत्रको थोरै बढाईएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक गुरुदत्त सुवेदी कोभिड(१९ का कारण यस वर्षका लागि जग्गाको मूल्याङ्कन खासै परिवर्तन नभएको बताउछन् । हाल कायम मूल्यांकन पनि उचित नै भएको उनले बताए ।

हरेक वर्ष जग्गाको मूल्याङ्कन गर्ने सीडीओ नेतृत्वको समितिमा सम्बन्धित जिल्ला समन्वय समिति प्रमुख, करदाता सेवा कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधि सदस्य हुन्छन् । सो क्षेत्रको मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

भक्तपुरमा १२ हजारदेखि २४ लाखसम्म

जग्गाको न्युनतम मूल्यांकन समितिले भक्तपुर जिल्लामा प्रति आना १२ हजार १०० रुपैयाँदेखि २३ लाख ७६ हजार रुपैयाँसम्म मुल्यांकन तोकेको छ । भक्तपुरको साविक सिपाडोल गाविसको अरनिको राजमार्गसँग जोडिएका जग्गाहरुको न्युनतम् मूल्य प्रतिआना रु.२३ लाख ७६ हजार तोकिएको छ ।

सोहि क्षेत्रभित्र प्लानिङ भएको ठाउँमा पक्की बाटो भएको जग्गाहरुका लागि प्रति आना ८ लाख ७१ हजार २०० रुपैयाँ तोकिएको छ भने कच्ची बाटो भएको क्षेत्रहरुमा प्रतिआना ६६ हजार ६०० देखि ७ लाख २६ हजार रुपैंयासम्म तोकिएको छ ।

भक्तपुरको विभिन्न क्षेत्रहरुमा गोरेटो बाटो भएका जग्गाहरु प्रति आना १ लाख ८ हजार ९ सय रुपैयाँदेखि २ लाख ६६ हजार २ सय रुपैयाँसम्म मूल्यांकन गरिएको छ । बाटो नभएको जग्गाको मूल्य प्रति आना १२ हजार १ सय रुपैयाँ देखि ५३ हजार ३ सयसम्म तोकिएको छ ।

उपत्यकाकै सस्तो ललितपुरमा

काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये ललितपुरका विकट क्षेत्रहरुमा जग्गाको मूल्य निकै सस्तो रहेको मूल्याङ्कन प्रतिवेदनले देखाउछ । ३ आनाको घँडेरी किन्न काठमाडौंमा करोडौं रकम खर्चिनु पर्छ । ललितपुरको गोटीखेलमा भने प्रति आना १२ सय न्युनतम् मूल्याङ्कन भएको छ ।

मालपोत कार्यालय गोटीखेल मातहतका क्षेत्रमा तोकिएको यो प्रति आना जग्गाको मुल्य काठमाडौंका होटलमा २ जनाले मासुभात खाए बराबर छ ।

गोटीखेलसहित गिम्दी, चन्दनपुर, ठुला दुर्लुङ, बुखेल, मानिखेल, शंखु लगायतका गाउँका जग्गाको लागि आव ०७७र७८ को न्यूनतम मुल्याङ्कन हो यो । यो क्षेत्रमा गत आवमा पनि यही मूल्याङ्कन थियो । कोभिड(१९ ले सबै क्षेत्रमा असर गरेको भन्दै समितिले जग्गाको मूल्यांकन नबढाएको बताएको छ ।

गोटीखेल क्षेत्रमा सबभन्दा महंगो भनेको रोपनीको ३ लाख ५० हजार रुपैयाँ हो । पिच सडक भएका ठाउँहरुमा ३ लाख ५० हजार रुपैयाँ प्रति रोपनी तोकिएको छ भने अरु ठाउँमा रु.२० हजार प्रति रोपनी । यो दरले एक आनालाई १२ सय पर्छ ।

ललितपुरकै लगनखेल, जावलाखेल, कुपण्डोल लगायतका क्षेत्रमा प्रति आना ३५ लाख ५० हजार रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ । गोदावरी नगरपालिकाको पिच सडकले छोएको क्षेत्रमा १२ लाख र बाटो नभएका जग्गाहरु आनाको ७५ हजार रुपैयाँसम्म तोकिएको छ । सैँबु आवासीय क्षेत्रमा भने १९ लाख २० हजार रुपैयाँ प्रति आना मूल्याङ्कन गरिएको छ ।

काठमाडौंमा कति पर्छ ?

काठमाडौंका पनि अधिकांश क्षेत्रको जग्गाको मूल्यांकन गत आवकै कायम गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कम भयो भन्ने गुनासो आएका क्षेत्रहरुको बढाइएको छ बाँकी क्षेत्रको पहिलेकै मुल्यांकन राखिएको छ ।

काठमाडौंको हनुमानढोका, रत्नपार्क, ठमेल, इन्द्रचोक, न्यूरोड, माइतिघर, दरवारमार्ग, कमलादीलगायत क्षेत्रमा प्रतिआना ६० लाख रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ ।

काठमाडौंमा सस्तो भनेको दक्षिणकाली नगरपालिका क्षेत्रका जग्गा देखिएको छ । दक्षिणकाली नगरपालिकामा बाटो नभएको जग्गाको मूल्याङ्कनप्रति आना २५ हजार रुपैयाँ तोकिएको छ । राम्रो सडक भएको ठाउँमा भने प्रति आना ४ लाख ५० हजार रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ ।

काठमाडौं जिल्लामा सबभन्दा सस्तो जग्गा भनेको प्रति आना २५ हजार रुपैयाँ भएको छ ।

राजश्वको लागि मात्र मूलांकन !

सरकारी मूल्यांकन जति भए पनि खरिदकर्ताले त्यो मूल्यमा जग्गा पाउदैनन् । जग्गा किनबेच गर्दा सरकारलाई तिर्नुपर्ने राजश्व भने यही मूल्याङ्कनअनुसार निर्धारण गरिन्छ ।

ललितपुरको महाकाल गाउँपालिकामा पनि एक रोपनीको मूल्यांकन जम्मा २० हजार रुपैयामात्र छ ।

गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल आफ्नो क्षेत्रमा अहिलेसम्म कसैलाई कोरोना संक्रमण नभएको बताउँछन् । जग्गाको मूल्यांकन भने कोरोनालाई नै कारण देखाउदै गत वर्षकै कायम भएको उनले बताए ।

‘तर, यो मूल्याङ्कनअनुसार जग्गा पाइँदैन’, दाहाल भन्छन्, ‘यो त राजस्व तिर्नका लागि मात्र हो ।’ -अनलाईन खबर

सिफारिस

मुख्य समाचार

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार
मुख्य समाचार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७
मुख्य समाचार

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

माघ १४, २०७७
मुख्य समाचार

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७
मुख्य समाचार

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७
k|d+ cf]nL ;Daf]wgsf7df8f}F, !$ df3 M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ afn'jf6f/df er{'cn ljlwaf6 sf]le8–!( lj?4 vf]ksf] z'ef/Dekl5 ;Daf]wg ug{'x'Fb} . t:jL/ M k|bLk jGt÷/f;;
मुख्य समाचार

३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

माघ १४, २०७७
अर्को

प्रहरीको पेट्रोल पम्पबाट एक करोड बढी हिना'मिना: असई पक्राउ

आजको मौसम: देशभर बदली, धेरै ठाउँमा ठूलो पानी पर्ने

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

माघ १४, २०७७

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In