सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोनाबाट नेपालमा दैनिक मृत्यु हुन थाल्यो, वीरगन्जमा थप एक जनाको ज्यान गयो

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

पर्साको वीरगन्जस्थित कोभिड गण्डक अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार वीरगन्ज महानगरपालिकाकै वडा नम्बर १२, मुर्ली निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

‘साँझ ७ बजेतिर सास फेर्न अप्ठेरो भयो भन्नुभएको थियो,’ डा. सिंहले शनिबार बिहान नेपालखखबरसँग भने, ‘अचानक उहाँको मृत्यु भयो।’

World Link Ads
Mahakali Polytechnic

डा. सिंहका अनुसार यही साउन २४ गते गण्डकमा भर्ना भएका उनमा पहिलेदेखि मधुमेह, उच्च रक्तचाप र प्यारालाइसिस समस्या थिए।

Sana Kishan

‘उहाँलाई निमोनियाँ पनि खासै कडा थिएन,’ उनले भने, ‘मधुमेहको समस्या भएको मान्छे, मुटुका कारण पनि अचानक मृत्यु भएको हुन सक्छ।’ मृत्यु हुने बेला उनका छोरा पनि सँगै थिए।

ती वृद्ध अन्त कतै गएका मानिस थिएनन्, गाउँमै बसेका व्यक्ति थिए।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ।

यो पनि स् कोरोनाबाट मर्नेको संख्या १ सय पुग्यो, विज्ञ भन्छन्ः जोखिम झनै बढ्यो

केही दिनयता नेपालमा कोरोनाबाट दैनिकजसो मृत्यु भइरहेको छ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.