Wednesday, September 30, 2020

त्रिभुवन विश्वविद्यालयका सबै विषय र संकायको परीक्षा स्थगित

- Advertisement -

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट गर्ने गरी तय भएका सबै विषय र संकायको परीक्षा स्थगित गरेको छ । अनुकूल समयमा परीक्षा सञ्चालन गर्ने गरी हाललाई स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए ।

परीक्षा हुन नसके पनि माथिल्लो तह र सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन थाल्न त्रिविले डिन कार्यालयहरूलाई आन्तरिक सर्कुलर गरिसकेको छ ।
क्याम्पस विभागहरूले माथिल्लो तहको पठनपाठन गराउन विद्यार्थीलाई सूचित गर्न थालेका छन् । ‘अहिलेलाई परीक्षा सञ्चालन गर्न सम्भव देखिएन,’ उनले भने, ‘परीक्षा नभए पनि उपल्लो तहको पठनपाठन गर्न भनेका छौं ।’ पहिलो सेमेस्टर वा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको कोर्स पूरा भएर परीक्षा हुन नसकेको भए पनि दोस्रो वर्ष वा सेमेस्टरको कक्षा सञ्चालन गर्न भनिएको छ ।

वैकल्पिक कक्षाका लागि त्रिविले अध्यापक र विद्यार्थीलाई इमेल आईडी वितरण गरिरहेको छ । करिब ५ लाख आईडी बाँड्ने लक्ष्य त्रिविको छ । विज्ञहरूले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सुझाव दिए पनि डिन कार्यालयहरूले हाललाई स्थगित गरेर भए पनि परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्ने तयारी गरेका हुन् ।

त्रिविले डिन कार्यालयहरूलाई परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । दसैंतिहारसम्म अनलाइन कक्षा सञ्चालन गर्ने र त्यसपछि परीक्षा सञ्चालन गर्न सकिने आकलन गरिएको परीक्षा नियन्त्रक जोशीले बताए । त्यसअघि सबै तह र संकायको बाँकी नतिजा प्रकाशन गरिसक्ने परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।

वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न पदाधिकारीले चासो नदिएको त्रिविकै विद्यार्थी पवनकुमार आचार्य गुनासो गर्छन् । त्रिविमा पाँच अध्ययन संस्थान र चार संकायमा पठनपाठन हुने गर्छ ।

चैत पहिलो सातापछि पढाइ प्रभावित छ भने तोकिएका परीक्षाहरू पनि भएका छैनन् । साउन ७ देखि लकडाउन खुलेपछि अधिकांश संस्थान र डिन कार्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने जनाएका थिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागे तारामणी !

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

कञ्चनपुरमा घरेलु उद्योग दर्ता गर्ने बढे

महेन्द्रनगर । कञ्चनपुरमा लकडाउनपछि घरेलु तथा साना उद्योग व्यवसाय बढेका छन् । कोरोना संक्रमणपछि गरिएको लकडाउन खुलेपछि उद्यम व्यवसाय दर्ता हुने क्रम बढेको छ...

मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जामन्त्री पुनको...

काठमाडौँ – कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन...

गिट्टी निकाल्ने क्रममा पहिरो जादा एक जनाको ज्यान गयो, २ जना...

स्याङ्जा- स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । https://youtu.be/UqEVwe1lT1c गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ...

पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूरहरु आन्दोलित

उदयपुर- उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया