सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छिट्टै नै ‘भारतमा बनेको’ कोरोना खोप उपलब्ध हुनेछ: मोदी

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना भ्याक्सिनविरुद्ध ३ वटा खोप निर्माण गरिरहेको बताएका छन् ।

शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले छिट्टै ‘भारतमा बनेको कोरोना खोप’ उपलब्ध हुने भएको बताएका हुन् ।
भारतमा नेसनल डिजिटल हेल्थ मिसनको सुरुवात गरिने उल्लेख गर्दै मोदीले भने, ‘सबै नागरिकलाई हेल्थ आइडी उपलब्ध गराइनेछ । यसमा स्वास्थ्यसँग जोडिएका सबै रेकर्ड राखिनेछ ।’

Sana Kishan

उनले अगाडि भने, ‘कोरोना महामारीका कारण नागरिक चिन्तित रहेका छ । सबैलाई कोरोनाविरुद्धको खोप कहिले बन्छ भन्ने उत्सुकता छ । म तपाईँहरुलाई जानकारी दिन चाहन्छु कि भारतमा एउटा होइन, तीन–तीन वटा खोप अलग–अलग चरणको परीक्षणमा रहेका छन् । एक पटक स्वीकृति पाएसँगै हामीले यसको व्यापक मात्रामा उत्पादन गर्नेछौं ।’

World Link Ads
Mahakali Polytechnic

शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसबाछ संक्रमित हुनेको संख्या २४ लाख ६१ हजार नाघेको छ भने ४८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.