Friday, October 2, 2020

बस्ती सारिदिन गुहार्दा-गुहार्दै १३ घर पुरिए: ११ को मृत्यु, २७ जना बेपत्ता

- Advertisement -

सिन्धुपाल्चोक — माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि लिदी, नाम्फा, सञ्च, झुल्के, निम्लुङ, बैगाङ गाउँका ५ सयभन्दा बढी परिवारले ‘हामी पहिरोको उच्च जोखिममा प¥यौं’ भन्दै सुरक्षित स्थानमा बास सार्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

जिल्ला विपद् व्यवस्थापन समिति र जुगल गाउँपालिकामा उनीहरूले गत महिना बुझाएको निवेदनको जवाफ पाए– ‘आफैं सुरक्षित बस्नुस् ।’ विकल्प नै नदेखाई सर्नु भनेका आधारमा गाउँलेले वर्षामा अन्त जान आँट गरेनन् ।

पहिल्यै उच्च जोखिम आकलन गरेर डराइरहेको बस्तीमध्येकै जुगल–२ गोल्चे लिदीमा शुक्रबार पहिरोमा १३ घर पुरिएका छन् । घरसँगै पुरिएका ३८ मध्ये ११ जनाको शव भेटिएको छ । २७ जनाको खोजी भइरहेको छ । अविरल वर्षासँगै मास्तिरको पाखो बस्तीमा खसेको हो । बिहान साढे ६ बजे खसेको पहिरोमा परेको बस्तीबाट भागेर १५ जना बाँचेका छन् । ज्यान जोगाउन भाग्दा घाइते ५ जनालाई सेनाको हेलिकप्टरमा उपचारका लागि पठाइएको छ ।

फेला परेका शवको सनाखत हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । पहिरोबाट जोगिन भाग्दा घाइतेमध्ये ४ लाई चौतारा र एक जनालाई सेनाको हेलिकप्टरमा काठमाडौंको सिभिल हस्पिटल पठाइएको छ ।

घटनास्थल दुर्गम भेगमा पर्छ । निरन्तरको वर्षाले सडक भास्सिँदा एक्स्काभेटर तत्काल ल्याउन सम्भव नहुँदा बेपत्ताको खोजी गर्न गाह्रो भएको डीएसपी माधवप्रसाद काफ्लेले बताए । ‘पुरिएका ठाउँमा कुटो, कोदालो, साबेल प्रयोग गरेर पनि बेपत्ताको खोजी भइरहेको छ । सेना, प्रहरीदेखि स्थानीय सबै मिलेर खोजी गरिरहेका छौं,’ उनले भने ।

गत महिना माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि स्थानीय आशबहादुर दोङ सपरिवार केही दिन छिमेकी गाउँमा शरण लिएर बसेका थिए । वर्षा थामिएजस्तो देखिएपछि घर फिरे ।

गाउँले मिलेर गाउँपालिकामा गई सुरक्षित ठाउँमा सर्ने व्यवस्था मिलाइदिन आग्रह गरे । ‘सरकारकै बेवास्ताले यी सबैको ज्यान गएको हो । यहाँ पहिरोको जोखिम छ, बस्न सकिँदैन भनेर कति भन्यौं कति,’ उनले भने ।

‘अन्यत्र गएर बस्न जग्गा थिएन । सधैं अरूको गाउँमा बास दिँदैनन्, सरकारलाई गुहारेकै हो, यही पहिरोमुनि फर्कनैप¥यो, यस्तो दुःखद घटना घट्यो,’ दोङले भने । गत महिना नै गाउँलेले गरेको अनुरोधलाई सरकारले नसुनेको उनले गुनासो गरे । गाउँ जोखिममा परेको भन्दै अहिले पुरिएका परिवारसहितका स्थानीयले जिल्ला विपद् व्यवस्थापन समिति र गाउँपालिकामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

गुहार माग्दा पनि जोखिमको अध्ययन नगर्नु र बस्ती नसारिएकाले ठूलो क्षति बेहोर्नुपरेको स्थानीय सुनमाया तामाङले बताइन् । ‘सुरक्षित ठाउँमा गएर बस्नु भनेका हुन् तर हामी कहाँ गएर बस्नु ?,’ उनले भनिन् ।

एक महिनादेखि पल्लो गाउँ गएर बास बस्दै आएकी उनले शुक्रबार बस्ती नै पहिरोले लगेपछि भने ओतको अन्योल भएको बताइन । ‘सरकारले जनतालाई मरेपछि मात्रै देख्ने रहेछ, त्यतिबेला ठाउँ सारिएको भए यत्रो घटना नै घट्दैनथ्यो,’ उनले भनिन् ।

शुक्रबार घटनास्थलमा पुगेका प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटासहित जनप्रतिनिधिलाई भेटेपछि स्थानीयले सरकारले समयमा ध्यान नदिएको गुनासो गरे । सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि प्रयासै नगरी घटना भइसकेपछि मात्रै उद्धारका लागि आउनुले दुःख लागेको बताए । गृहमन्त्री रामबहादुर थापा पनि घटनास्थल पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विस्थापित ३७ परिवारका लागि त्रिपाल, भाँडाकुँडा, ब्लांकेट, म्याट्रेस, डसना पठाउनुका साथै जिल्ला विपद् व्यवस्थापन समितिबाट दुई लाख रुपैयाँ उपलब्ध गराइएको बताए ।

सदरमुकाम चौताराबाट झन्डै दुई दिन लाग्ने साविक गोल्चेको दुर्गम लिदी गाउँमा गत हिउँदमा मात्रै बिजुली र सडक जोडिएको थियो । बस्ती जोखिममा परेपछि धेरै पटक स्थानान्तरणको माग राख्दै प्रदेश, केन्द्रसम्म निवेदन दिँदा पनि केही नभएको जुगल–२ का वडाध्यक्ष प्रताप लामाले बताए ।

‘हप्ता दिनअघि पहिरोले यहाँ चार घर क्षति पु¥याएको थियो । त्यसपछि स्थानीय र हामीले घर सार्न ठाउँ देऊ भनेर सबैतिर निवेदन दियौं, कसैले सुनेन,’ उनले भने । भूकम्पपछि कमजोर बनेको भूभागका कारण भूगर्भविद्ले लिदी बस्ती बस्न अयोग्य ठह¥याएको थाहा भएयता सहयोगका लागि माथिल्लो निकायसम्म गुहार्दा पनि केही नभएको उनले गुनासो गरे ।

पुनर्निर्माण प्राधिकरणको टोलीले गरेको जोखिमपूर्ण स्थानको अध्ययन र अनुमगनमा ‘रेड जोन’ मा राख्नुपर्नेमा ‘एल्लो जोन’ मा राखिदिएकाले लिदीलाई स्थानान्तरण नगरिएको प्रजिअ ढकालले बताएका छन् । पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित ठाउँमा राखिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया