सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

तथ्यांक भन्छः मुटु, रक्तचाप र क्षयरोगका बिरामीलाई कोरोनाको उच्च जोखिम

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
साउन ३०, २०७७
1 मिनेट पाठ

३० साउन, काठमाडौैं । वि.सं. २०४२ सालदेखि ४ वर्षसम्म जनकपुरमा मेयर बनेका कृष्ण गिरीको साउन २८ गते कोरोनाबाट मृत्यु भयो । जनकपुरमा आफ्नै निवासमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको थियो ।

बैतडीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य प्रमुख भट्टले लगाए !!

माघ १४, २०७७

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु

माघ १४, २०७७

तीन सातादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरीलाई एक सातादेखि भेन्टिलेटरमा उपचार गराउँदै आइएको थियो । उनी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए ।

त्यस्तै, साउन २८ गते नै धादिङका एक ३२ वर्षीय युवकको काठमाडौंको ह्याम्स अस्पतालमा निधन भयो । क्षयरोगका बिरामी धादिङको धुवाँकोटदेखि धादिङबेसीसम्म बोलेरो चलाउने गर्थे । उनलाई ज्वरो र रुघाखोकी लागेपछि नजिकैको स्वास्थ्य चौकी, जिल्ला अस्पताल हुँदै काठमाडौंसम्म आइसकेपछि उनको निधन भयो । पछि रिपोर्टले उनमा कोरोना संक्रमण देखायो ।

पेटको समस्या लिएर ओम अस्पताल पुगेकी ७२ वर्षीया एक महिलाको साउन २२ गते ज्यान गयो । धनुषा स्थायी घर भएकी ती महिलामा दम, हाइपोथाइरोडिजम र उच्च रक्तचापको समस्या थियो । ती मृतक महिलाको पछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

जेठ ३ गते धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्युसँगै सुरु भएको कोरोनाबाट हुने मृत्युको आँकडाले साउनको अन्तिमसम्म आइपुग्दा १०० टेक्न लागिसकेको छ । अनियन्त्रित रूपमा भारतबाट आउने नेपाली र उद्धार उडानमार्फत ल्याइएका नेपालीबाट फैलिएको कोरोनाले यतिबेला भुसको आगो जसरी समुदायमा गाँजेको छ । बुधबार एकैदिन देशभर ११ जनाको ज्यान गयो । यो संख्या बिहीबार कम भयो । यद्यपि त्रास भने घटिसकेको छैन ।

विश्वमा कोरोना भाइरसको महामारी सुरु भएको झण्डै ५ महिनासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा शून्य थियो । पछिल्लो ३ महिनाको आँकडाअनुसार मृतकको संख्या १०० नजिक पुगेको छ ।

कोरोना भाइरसका कारण मृत्यु भएकी पहिलो महिलामा कुनै पनि दीर्घ रोगको समस्या थिएन । उनी सुत्केरी थिइन् र नियमित अस्पताल जाँदा आउँदा कोरोना संक्रमण भएको भन्ने आशंका गरिएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पु¥याइएकी उनको उपचारकै क्रममा मृत्यु भयो भने पछि उनमा कोरोना रहेको पुष्टि भयो ।

दोस्रा संक्रमित बाँकेको नरैनापुरको क्वारेन्टिनमा बसेका २५ वर्षीय युवक हुन् । उनी भारतबाट आएर नरैनापुरको क्वारेन्टिनमा बसे पनि श्वासप्रश्वासमा समस्या आएपछि समयमा उपचार नपाएर उनको निधन भएको थियो । उनमा पनि दीर्घ रोगको समस्या भने नभएको बताइएको छ ।

त्यस्तै, कोरोनाका तेस्रा संक्रमित गुल्मीका ४१ वर्षीय पुरुष हुन् । एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या रहेका उनलाई श्वासप्रश्वास र झाडावान्ताको समस्या भएपछि अस्पताल लगिएको थियो । उपचारको क्रममा साउन ८ गते उनको निधन भएको हो ।

प्राप्त तथ्यांकअनुसार कोरोनाबाट मृत्यु भएका मृतक संख्यालाई विश्लेषण गर्दा मुटु, मधुमेह र क्षयरोगका बिरामीहरू यसको मुख्य समस्यामा छन् । कोरोनाका कारण मृत्यु भएकामध्ये करिब आधा कोरोना संक्रमितमा दीर्घ रोग भए÷नभएको उल्लेख छैन । बिहीबारसम्मको कुल ९५ जना कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये ५३ जनामा दीर्घरोग भएको यकिन छैन ।

बाँकी दीर्घरोगबाट ग्रसितहरूमध्ये मृत्यु हुनेमा अधिकांशलाई मुटु, क्षयरोग र उच्च रक्तचापको समस्या देखिएको हो । यसबाहेक कोही मृगौलाका बिरामी त कोही सुत्केरी छन् ।

जेठ ३२ गते मृत्यु भएका ३६ वर्षीय पुरुषलाई कुनै पनि लक्षणविना नै उनको निधन भयो । उपल्लो तम्घासको आइसोलेसनमा बसेका उनी गुल्मी स्थायी घर भएका व्यक्ति हुन् । उनी आन्द्राको क्यान्सरबाट पीडित थिए ।

त्यस्तै, असार ६ गते निधन भएका गुल्मीकै ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखियो । उनलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थिएन । उनी प्यारालाइसिसका बिरामी हुन् भने उनी होम क्वारेन्टिनमा नै बस्दा उनको निधन भएको हो ।

साउन २३ गते मृत्यु भएकी रुपन्देहीकी ४१ वर्षीया महिला पाठेघरको क्यान्सरबाट पीडित थिइन् । उनलाई निमोनियाको समस्या देखिएपछि उपचारको लागि पाटन अस्पताल ललितपुरमा ल्याएपछि उनको उपचारको क्रममा निधन भएको हो ।

त्यस्तै, साउन २७ गते प्लाज्मा थेरापीबाट उपचार गरेका कीर्तिपुर ट्यांलाफाँटका एक वृद्धको पनि निधन भएको छ । यसरी नेपालमा मृत्य भएकामध्ये आधामा पहिचान भएको दीर्घरोगमध्ये पनि अधिकांश मुटु, मृगौला र उच्च रक्तचापका बिरामी रहेको पाइएको छ भने एकाध मान्छे मात्रै अन्य रोगले ग्रसितको मृत्यस भएको तथ्यांकले देखाएको छ ।

सिफारिस

स्वास्थ्य

बैतडीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य प्रमुख भट्टले लगाए !!

माघ १४, २०७७
स्वास्थ्य

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु

माघ १४, २०७७
स्वास्थ्य

अरू महिला भन्दा अधिक बुद्धिमान हुन्छन् यी पाँच राशिका महिला ,तपाईं को कुन हो राशि ?

माघ १४, २०७७
स्वास्थ्य

आजदेखि कोरोना विरुद्धको खोप दिइने, देशभर ६२ अस्पतालमा १२० खोप केन्द्र !

माघ १४, २०७७
स्वास्थ्य

शरीरमा रगत बढाउने ७ घरेलु उपाय !

माघ १३, २०७७
स्वास्थ्य

बैतडीमा २ हजार २ सय २० डोज कोरोना खोप पुग्यो, बुधबारबाट लगाउन शुरू गरिने!

माघ १३, २०७७
अर्को

विदेशमा अलपत्र नेपाली उद्धार गर्न थप ४३ वटा उडान हुने

बस्ती सारिदिन गुहार्दा-गुहार्दै १३ घर पुरिए: ११ को मृत्यु, २७ जना बेपत्ता

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

माघ १४, २०७७

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

विपन्न बस्तीका नागरिकहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरद्वारा न्यानो कम्बल वितरण !

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In