Tuesday, October 27, 2020

नरेन्द्र मोदीले रचे भारतीय राजनीतिक जगतमा नयाँ इतिहास !

- Advertisement -

जवाहरलाल नेहरू, इन्दिरा गान्धी र मनमोहन सिंह पछि प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार (अगस्ट १३) देखि भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री बनेका छन् ।

तर प्रधानमन्त्री मोदी काङ्ग्रेस इतर दलबाट सबैभन्दा बढी समय भारतको सरकार प्रमुखका हैसियतमा सेवा गर्ने पहिलो राजनेता बनेका छन् ।

उनले आफ्नै दल भारतीय जनता पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पछाडि पार्दै गैर–काङ्ग्रेस दलबाट सबैभन्दा बढी प्रधानमन्त्री बन्ने इतिहास बनाउन सफल भएका हुन् ।

नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा भारतीय १४ औँ प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सुरू गरेका थिए । उनको दोस्रो कार्यकाल ३० मे २०१९ मा सुरू भएको हो ।

भारतको इतिहासमा जवाहरलाल नेहरू अहिलेसम्म सबैभन्दा लामो अवधि प्रधानमन्त्री बनेका नेता हुन् । उनको कार्यकाल झण्डै १७ वर्ष रहेको थियो । उनकी छोरी तथा भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धील क्रमशः ११ वर्ष र करीव पाँच वर्ष गरी दुई कार्यकालमा १६ वर्ष पूरा गरेकी थिए ।

त्यस्तै काङ्ग्रेस नेता डा मनमोहन सिंह लगातार दुई पटक पाँच वर्षको सेवा गरी भारतीय इतिहासमा तेस्रो लामो समय प्रधानमन्त्रीका रूपमा सेवा गर्न सफल व्यक्तित्व हुन् ।

मोरारजी देसाई (मार्च २४ १९७७–जुलाई २८, १९७९्), चरण सिंह (जुलाई २८,१९७९– जनवरी १४, १९८०), विश्वनाथ प्रताप सिंह (डिसेम्बर २, १९८९–नोभेम्बर १०, १९९०), चन्द्रशेखर( नोभेम्बर १०,१९९०–जुन २१, १९९१), एचडी देवेगौडा जुन १, (१९९६– अप्रिल–२१, १९९७) र इन्दर कुमार गुजराल (अप्रिल २१, १९९७– मार्च १९, १९९८) आफ्नो कार्यकाल पूरा नगरेका काङ्ग्रेस इतरका अन्य प्रधानमन्त्रीहरू रहेका छन् ।

नरेन्द्र मोदी भारतको ७४ औं स्वतन्त्रता दिवसको दुई दिन अगाडि सबैभन्दा लामो सेवा गर्ने चौथो प्रधानमन्त्री बनेका हुन् । यही अगस्ट १५ मा उनले भारतीय प्रधानमन्त्रीका रूपमा स्वतन्त्रता दिवसका अवसरमा लालकिल्ला (रेड फोर्ट)परिसरबाट सातौँ सम्वोधन गर्दै छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेहा कक्करले गरिन् रोहनप्रितसँग विवाह

दिल्ली । बलिउड गायिका नेहा कक्कर र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएका छन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए । केही...

मलेसियामा अशक्त र अलपत्र अवस्थामा भेटिएका एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । शुक्रबार दिउँसो...

भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै

काठमाडौँ — भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण आगामी कात्तिकमा गराउन नेपाली सेनाले तयारी सुरु गरेको छ । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ...

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर...

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा...

दिल्ली क्यापिटल्सले बैंगलोरलाई ५९ रनले हरायो

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको...

समाजसेवी केपी खनाललाई ‘युथ आइकन २०२०’ सम्मान

कैलालीका समाजसेवी युवा केपी खनाल भारतको नयाँदिल्लीमा ‘युथ आइकन २०२०’बाट सम्मानित भएका छन् । कलिलो उमेरमै गाउँघरमा समाजसेवामा सक्रिय खनाललाई राइजिङ्ग टुंकल फाउन्डेसनले गान्धी जयन्तीको...

आइपीएल : रोहित शर्माको किर्तिमानी सँगै मुम्बई इन्डियन्स विजयी, किंग्स इलेवन...

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया