Thursday, October 1, 2020

अहिले राम मन्दिर र आयोध्या होइन, अस्पताल बनाउने बेला हो: भट्टराई

- Advertisement -

गोरखा — कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रीत भएको जनता समाजवादी पार्टीका नेता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले बताएका छन् । शुक्रबार गृह जिल्ला आएका भट्टराइले सञ्चारकर्मीसगँको कुराकानीमा सरकार लहडको भरमा चलेको पनि आरोप लगाए ।

‘यस्ता नेता छानेका छौं, जुन नेताहरु कोरोनाको बेला आफ्नो पार्टीको झगडाका निम्ति महिनौं बैठक गर्नुहुन्छ,’ उनले भने, ‘समाचार हेर्नुभयो भने मान्नुस् केपी ओली र प्रचण्डको वार्ता हुनु भनेको डोनाल्ड ट्रम्प र सि जिनपिङको वार्ता भएजस्तो हो, नरेन्द्र मोदी र केपी ओलीको वार्ता भएजस्तो हो, उहाँहरुको वार्ता कहिले हुन्छ भनेर कुरेर बस्ने बेला हो ? योभन्दा मजाक के हुन सक्छ ?’

अहिलेको प्राथमिकता पीसीआर परीक्षणको दायरा बढाउने र अस्पतालमा आवश्यक उपकरणको व्यवस्था गर्नेतर्फ हुनुपर्ने भट्टराइले बताए । तर, सरकार उल्टो दिशातर्फ गएको उनको आरोप छ ।

‘अस्पतालमा उपकरण खोज्ने भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने बेला राम मन्दिर बनाउने रे,’ उनले भने, ‘यो अयोध्या सिर्जना गर्ने बेला हो कि अस्पताल बनाउने बेला हो ? उहाँहरु उल्टो दिशातर्फ जानुभएको छ, देशलाई धरापमा पारिराख्नुभएको छ ।’ चार महिनाको बन्दाबन्दीमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको तयारीमा सरकार चुकेको उनको आरोप छ ।

स्पष्ट नीति बिना सरकार चलिरहेको उनले बताए । ‘नेकपालाई पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिएकाले उसले नै व्यवस्थापन गरोस् भन्ने थियो तर अहिले जुन ढंगले सरकार विहीनताको अवस्थामा देश छ, यो नेकपाको आन्तरिक मामिला मात्र नभएर नेपाली जनताको पनि चासोको विषय बनेको छ,’ उनले भने, ‘केपी ओलीजस्तो गैरजिम्मेवार मान्छे सरकारको नेतृत्वमा छन्, देश लहडमा भरमा चलेको छ, स्पष्ट नीति छैन, परराष्ट्र होस्, जनस्वास्थ्य होस् वा आर्थिक होस् श्रृङखलाबद्व सोच विचारको नीति कुनै पनि छैन । यस्तो मान्छे नेतृत्वमा रहँदासम्म देशले दुखमात्र पाउँछ ।’

राम मन्दिरको कुरा छाडेर कोरोना नियन्त्रणमा लाग्न उनले सरकारलाई सुझाव दिए । स्रोत साधनको जोहोगरि पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने उनले बताए । ‘राज्यले गर्ने भनेको भरपर्दो परीक्षण हो, परीक्षण व्यापक रुपमा गराउनुप¥यो,’ उनले भने, ‘उपचारका निम्ति उपकरण हुनुप¥यो, भेन्टिलेटर नहुँदा मान्छे मरिरहेका छन् यसतर्फ ध्यान दिनुप¥यो ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागे तारामणी !

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया