Monday, September 28, 2020

नेपालीले पत्ता लगाए इन्स्टाग्रामको सुरक्षा कमजोरी, पाए ६ हजार अमेरिकी डलर पुरस्कार

- Advertisement -

काठमाडौँ — प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज पनि कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएपछि इन्स्टाग्रामले २१ वर्षीय नेपालीलाई ६ हजार अमेरिकी डलर पुरस्कार दिएको छ ।

साइबर सुरक्षा सम्बन्धी अनुसन्धान गर्ने नेपाली सौगात पोखरेललाई कम्पनीले यो सुरक्षा कमजोरी पत्ता लगाएबापत् पुरस्कार रकम दिएको हो । पोखरेलले इन्स्टाग्राममा रहेको आफ्नो तथ्यांक डाउनलोड गर्ने टूल प्रयोग गरी आफ्नो विवरण हेर्दा आफूले धेरैअघि डिलिट गरेको फोटो र सन्देश पनि इन्स्टाग्रामको सर्भरमै रहेको पत्ता लगाएका थिए ।

प्रयोगकर्ताले फोटो र सन्देशहरु डिलिट गरेको केही दिनसम्म कम्पनीहरुको सर्भरमै रहनुलाई सामान्य मानिन्छ । इन्स्टाग्रामले पनि प्रयोगकर्ताले डिलिट गरेको फोटो र सन्देशहरु आफ्नो सर्भरबाट डिलिट हुन ९० दिन लाग्ने जनाएको छ ।

तर, आफूले एक वर्षअघि डिलिट गरेको तथ्यांकहरु पनि इन्स्टाग्रामको सर्भरमै रहेको थाहा पाएपछि गत अक्टोबरमा पोखरेलले कम्पनीलाई जानकारी गराएका थिए । ट्वीटर, इन्स्टाग्राम र फेसबुकले आफ्ना प्रयोगकर्तालाई उनीहरुको केके तथ्यांक कम्पनीको सर्भरमा छ भन्ने जानकारी दिनको लागि डाटा डाउनलोड टूलको पहुँच दिएको छ ।

अमृत साइन्स क्याम्पसमा फिजिक्समा बीएसस्सी अध्ययनरत पोखरेलले कम्पनीले आफूलाई सुरक्षा कमजोरी पत्ता लगाएबापत् ६ हजार अमेरिकी डलर दिएको बताए । ‘मैले गत अक्टोबरमा सुरक्षा कमजोरी पत्ता लगाएर खबर गरेको थिएँ,’ कान्तिपुरसँग कुरा गर्दै पोखरेलले भने, ‘फेब्रुअरी ७ तारिखमा पुरस्कारबापतको पैसा पाएँ ।’

सुरक्षा कमजोरी समाधान नभएसम्मको लागि यो तथ्य बाहिर सार्वजनिक गर्न नमिल्ने शर्त भएका कारण ढिला गरी सार्वजनिक गरेको पोखरेलले बताए । इन्स्टाग्रामले सुरक्षा कमजोरी समाधान भएको र उनले पत्ता लगाएको कमजोरी अब सार्वजनिक गर्न मिल्ने अनुमति दिएपछि पोखरेलले प्रविधिसम्बन्धी समाचार दिने वेबसाइट टेकक्रञ्चलाई यसबारे जानकारी गराएका थिए ।

टेकक्रञ्चले शुक्रबार यो समाचार प्रकाशित गरेपछि प्रविधि सम्बन्धी अन्य अन्तर्राष्ट्रिय मिडियाहरुले पनि पोखरेलले पत्ता लगाएको सुरक्षा कमजोरीबारे समाचार लेखेका छन् ।

इन्स्टाग्रामको बग बाउन्टी प्रोग्राममार्फत् पोखरेलले गत अक्टोबरमा यो सुरक्षा कमजोरी औंल्याएका थिए । कम्पनीले केही साता अघि यो समस्याको समाधान गरेको छ । यस्तो सुरक्षा कमजोरी रहेको भए पनि हालसम्म यसको दुरुपयोग नभएको इन्स्टाग्रामको प्रवक्तालाई उद्धृत गर्दै टेकक्रञ्चले लेखेको छ ।

ट्वीटरमा भएको यस्तै सुरक्षा कमजोरी पनि गत वर्ष पत्ता लागेको थियो । ट्वीटरको डाइरेक्ट म्यासेज प्रयोकर्ताले डिलिट गर्दा पनि र एकाउन्ट बन्द गर्दा पनि कम्पनीको सर्भरमा रहने समस्या ट्वीटरले गत वर्ष समाधान गरेको हो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार(विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया