Monday, September 28, 2020

सरकारले कम्युनिष्टहरुका लागि मात्रै काम गर्यो : कांग्रेश नेता नेता सिटौला

- Advertisement -

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले वर्तमान कम्युनिष्ट सरकारले नेपाली जनताको लागि नभई केवल कम्युनिष्टहरुका लागि मात्रै काम गरिरहेको आरोप लगाएका छन् ।

कोरोना महामारी पछि उत्पन्न परिस्थितिमा वर्तमान सरकार कम्युनिष्टहरुका लागि मात्रै भएको दृष्टान्त प्रस्तुत गर्दै नेता सिटौलाले कम्युनिष्टहरुको अधिनायकवादका विरुद्ध नेपाली जनताले कांग्रेसलाई सडकमा बोलाईरहेको पनि जिकिर गरेका छन् ।

नेता सिटौला आज शुक्रबार गृह जिल्ला झापाको क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकामा पार्टीको गाउँ समितिले आयोजना गरेको नवप्रवेशीहरुको स्वागत तथा अगुवा कार्यकर्ताहरुको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कोरोना संक्रमणपछि घोषणा गरिएको लकडाउनमा राहत बाँड्ने, काठमाडौं र विदेशका विभिन्न ठाउँबाट गरीब मजदुरहरुको उद्धार गर्ने मामिलामा समेत सरकारले कम्युनिजम भित्र्याएको उनले बताए ।
सिटौलाले भने– यस्तो संक्रमणको बेला कमसेकम सबै नेपाली जनतामाथि न्याय हुनुपर्नेमा कम्युनिष्ट भए तिनको उद्धार हुने, कम्युनिष्टले चलाउने गाडीका पास पाइने कांग्रेस वा अरुका गाडीले पास नपाउने सम्मको हर्कत कम्युनिष्ट सरकारले देखायो ।

सक्षिंप्त सम्बोधनका क्रममा नेता सिटौलाले वर्तमान सरकारको ३ बर्षको कार्यकाल व्यर्थैमा वितिरहेको टिप्पणी गर्दै भने– म धेरै भन्न चाहन्न प्रधानमन्त्री ज्यूले नै निर्वाचन जितेको क्षेत्रमा उभिएर बोलिरहेको छु भन्नुहोस यो ३ बर्षमा सरकारले जनतालाई के दियो ? केवल सत्ताकै लागि अन्तर संघर्षमा उहाँहरु रुमलिइरहनु भएको छ । जनताले कम्युनिष्ट सरकारको असली रुपम देखिसके ।

कम्युनिष्ट सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका नेता सिटौला आफ्नै पार्टीको नेतृत्वप्रति पनि घुमाउरो शैलीमा कडा रुपमा प्रस्तुत भए ।

उनले पार्टीको १३ औं महाधिवेशन सम्म कुनै समस्या नरहेको तर आसन्न १४ औं महाधिवेशनप्रति भने केन्द्रस्तरमा प्रशस्त आशंकाहरु उब्जिन थालेको संकेत गरे । महाधिवेशन कार्यतालिका अनुसार यहि फागुनमा हुनुपर्ने १४ औं महाधिवेशन विविध कारणले वैशाख सम्म सर्न सक्ने तर त्यो भन्दा पछि लगि

ए आगामी २०७९ मा हुने निर्वाचनका लागि समय अपुग हुने सिटौलाको भनाई छ । वर्तमान सरकारका विरुद्ध १४ औं महाधिवेशनपछि कांग्रेसले नयाँ संघर्षको थालनी गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि एकताबद्ध र बलियो कांग्रेसको आवश्यकता रहेको पनि उनको कथन छ ।

कांग्रेस सभापति शेरबहादु देउवाप्रति लक्षित गर्दै नेता सिटौलाले भने – पार्टी विचार, नीति र सिद्धान्तको आधारमा चल्नुपर्छ । अधिवेशनपछि मेरो , तेरोको भावना छोड्नुस । हिजोको नशाले देश चल्दैन । चारैतिर कम्युनिष्टको घेरा छ ।

प्रतिपक्ष कांग्रेसलाई जनताले सडक अउन भनिरहेका छन । त्यसका लागि संघर्षशील र सक्षम कांग्रेस निर्माणको अभियानमा जुट्नु छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार(विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया