Friday, September 25, 2020

सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय

- Advertisement -

काठमाडौँ, ३० साउन  । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको छ ।

विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट पठनपाठन अगाडि बढाउने निर्णय गर्दै विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टरकोे पठनपाठन गराउने निर्णय लिएको हो । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले कोरोनाका कारण यसअघि रोकिएका परीक्षा तत्काल हुन नसक्ने अवस्था देखिएपछि यस खालको बाटो खोलेको हो ।

त्रिवि प्राज्ञिक परिषद्का सदस्य तथा व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराम शर्माले सेमेस्टरमा अध्ययनरत सबै सङ्काय र अध्ययन संस्थानका विद्यार्थीको पठनपाठन नरोकिने र शैक्षिक सत्रसमेत खेर नजाने जानकारी दिनुभयो । यसबाट मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन सङ्काय तथा चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान, कृषि, वन अध्ययन संस्थानका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा यो निर्णय लागू हुनेछ । यसबाट विश्वविद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थीको माथिल्लो कक्षामा अध्ययन गर्ने बाटो खुलेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ...

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

घरमा अचानक कमिला देखिनु कस्तो सङ्केत ? तपाईको घरमा पनि छन्...

काठमाडौँ ।घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने...

राष्ट्रिय सम्मानका साथ आरोही आङरिता शेर्पाको अन्त्येष्टि

काठमाडौँ — कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

कैलाली मालपोतका कर्मचारीमा कोरोना पुष्टि, कार्यालयका सेवा बन्द गरियो

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालय प्रमुख सुरेन्द्र केसीले दिएको जानकारी अनुसार कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण...

शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरुको प्रदेश भेला सम्पन्न : अध्यक्षमा साउँद

कैलाली, असोज, ७ । शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरुको प्रदेश भेला मंगलबार कैलालीको अत्तरियामा सम्पन्न भएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा,दार्चुला ,अछाम ,...

कञ्चनपुरका सात प्रहरी निरीक्षकको सरुवा

नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार ४ सय ८८ जना प्रहरी निरीक्षक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया