Tuesday, September 29, 2020

इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता

- Advertisement -

३० साउन, काठमाडौं । इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच इजरायल र यूएईबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत् दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति बढ्ने बताएका छन् ।

सम्झौताअनुसार इजरायलले वेष्ट बैंकको ठूलो हिस्सालाई मिलाउने आफ्नो योजना स्थगित गर्ने छ ।

हालसम्म इजरायलको खाडीका अरब देशहरुसँग कुनै पनि कूटनीतिक सम्बन्ध थिए । यद्यपि खाडी देशबाट अलग अरबका दुई देश जोर्डन र मिस्रसँग भने इजरालयको कूटनीतिक सम्बन्ध छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र युएईबीच शान्ति सम्झौता भएको जानकारी ट्वीट गरेका छन् र त्यसमा इजरायलका प्रधानमन्त्री नेतन्याहुले हिब्रु भाषामा ट्वीट गरेर ‘ऐतिहासिक दिन’ भनेका छन् ।

अमेरिकामा युएईका राजदूत युसुफ अल ओतैबाले पनि यो सम्झौतालाई कूटनीतिक र भूगोलका लागि एक जित भनेका छन् । साथै उनले भनेका छन्, ‘यो अरब–इजरायल सम्बन्धमा एक महत्वपूर्ण कदम हो, जसले तनाव कम गर्ने छ र सकारात्मक परिवर्तनका लागि नयाँ ऊर्जा निर्माण गर्ने छ ।

सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि यो केवल तेस्रो इजरायल–अरब शान्ति सम्झौता हो । यसअघि पूर्व मिस्रसँग १९७९ मा र जोर्डनसँग १९९४ मा सम्झौता भएको थियो ।

आउँदा दिनहरुमा इजरायल र युएईका प्रतिनिधिहरु वार्तामा बस्नेछन् र लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य, संस्कृति, पर्यावरण र पारस्परिक दूतावासहरु स्थापनाका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने छन् ।

संयुक्त विज्ञप्तिमा लेखिएअनुसार दुवै देश मध्यपूर्वका लागि रणनीतिक एजेण्डा तय गर्न पनि अमेरिकाको साथमा रहने छन् । नेताहरुले भनेका छन्– यस क्षेत्रमा खतरा र अवसरलाई लिएर हाम्रो दृष्टिकोण समान छ । साथै कूटनीतिक सम्बन्ध, आर्थिक एकीकरण र सुरक्षाका माध्यमबाट स्थिरता बढाउन साझा प्रतिबद्धता जनाउँछौं । -अनलाइनखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...

रुसमा लक्की ड्रबाट छानिएका यी भाग्यमानि नेपाली, जसले लगाए पहिलो कोरोना...

काठमाडौं, असोज ४ रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्। रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका...

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया