Wednesday, September 30, 2020

तपाईँको वाईफाई कनेक्सन कसैले चोरेको छ की छैन ? यस्तो छ थाहा पाउने तरिका

- Advertisement -

हामीले प्रयोग गर्ने इन्टरनेटको कनेक्सन थुप्रै कारणले सुस्त भएको हुनसक्छ । अरुले हाम्रो वाईफाईको कनेक्सन चोरेको कारणले पनि यस्तो हुन सक्छ । वाईफाई चोरी भएको हो कि होइन भनेर थाहा पाउनको लागि आज हामीले तपाईलाई केही उपायहरुको प्रयोग बारे जानकारी दिएका छौं ।

आफ्नो राउटर जाँच गर्ने
यो सबैभन्दा सजिलो प्रक्रिया हो । तपाईँले पक्कै पनि राउटरमा विभिन्न किसिमको बत्ती बलेको देख्नु भएको होला । यसको लागी पहिले आफ्नो सबै डिभाइसलाई डिस्कनेक्ट गर्नुपर्छ र त्यसपछि पनि बत्ती बलिनै रहेको छ भने कोही वाईफाई सँग जोडिएको छ भन्ने बुझिन्छ । तर यो प्रक्रियाले भने आफ्नो शङका प्रमाणित हुने मात्र हो । वाईफाई प्रयोगकर्तालाई रोक लगाउन भने सकिदैन् ।

आफ्नो डिभाइस राउटर लिस्ट जाँच गर्ने

राउटर लिस्ट भने राउटरको एडमिनिस्ट्रेटिभ कन्सोल भित्र पाइन्छ र यसको पहुँचमा भने हामी राउटर कन्सोलमा लग इन गरेर पुग्न सक्दछौँ । यसो गर्नका निम्ति आफ्नो वेभ ब्राउजरमा राउटरको आइपी ऐड्रेस हाल्ने र त्यहाँ एउटा पेजमा आफ्नो राउटर कुन कुन डिभाइस सँग कनेक्ट भएको छ भन्ने देखाँउछ । यो पेज ‘डिभाइस म्यानेजर या ‘कनेक्टेड डिभाइस’ भनेर देखाउँछ । यहाँ बाट कुनै नचाहिने डिभाइसले पहुँच पाएको छ कि भन्ने थाहा हुन्छ । नेटवर्क मनिटरिङ् टूलको मद्दतले पनि थाहा पाउन सकिन्छ ।

वाईफाईलाई कसरी जोगाउने ?

वास्तवमै कसैले वाईफाईमा पहुँच पाएको छ भन्ने थाहा पाए पछि सबै भन्दा पहिले आफ्नो सेक्यूरिटी प्रोटोकल जाँच्नुपर्छ । यदि डब्लईपी र डब्लुपीए जस्ता प्रोटोकल छन् भने तिनीहरुलाई नँया डब्लुपीएटू एइएस सँग परिवर्तन गर्नुपर्छ । यो गरेसँगै बलियो पासवर्ड पनि राख्नुपर्छ र हरेक दुई महिनामा परिवर्तन गरिरहनुपर्छ । जसले गर्दा कसैले वाईफाईमा पहँच पायो भने दुई महिना पछि पाउने छैन । यो खबर आर्थिकन्यूजमा छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागे तारामणी !

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया