सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा तीन प्रहरीमा कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा बिहिवार भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ४२, ४२ र ४४ बर्षीय प्रहरी कर्मचारीमा कोरोना देखिएको हो।

Sana Kishan

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले २० जना प्रहरीको परीक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको पुष्टि गरे। उनका अनुसार संक्रमण पुष्टि भएका प्रहरी अहिले आईसोलेसनमा छन्।

World Link Ads
Mahakali Polytechnic

संक्रमण देखिएका प्रहरीको दर्जा भने खुलाईएको छैन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले याोसंगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या १६ पुगेको दिनेश खवरलाई जानकारी दिए।

Dirghayu Ads

प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा तीन र अछामका दुई १५ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये १२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.