सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । एनएमबि बैंकले कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन २६ गतेबाट लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले हाल ३७ प्रकारका साधारण बचत खाता सञ्चालन गरेको छ । जसमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । साथै, बैंकले व्यक्तिगत मुद्दतिमा ५.५० प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म र संस्थागत मुद्दतिमा ७ प्रतिशत देखि ७.१० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसैगरी हाल बैंकको बेसरेट ८.९५ प्रतिशत र स्प्रेडरेड ४.०५ प्रतिशत छ । हाल बैंकले ५६ प्रकारका कर्जा प्रडक्टहरु सञ्चालन गरिरहेको छ । जसमा न्यूनतम १०.९५ प्रतिशतदेखि १३.९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

Dirghayu Ads

बैंकले कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरी फिक्स लोन स्किम ल्याएको छ । जसमा बैंकले ५ वर्षे घर कर्जामा ११ प्रतिशत र २ वर्षे घर कर्जामा ८.९९ प्रतिशत ब्याज लिने जनाएको छ ।

साथै, बैंकले घरको छानामा राखिने सोलार खरिदको लागि पनि स्किममा कर्जा दिने भएको छ । न्यूनतम १० वर्षका सोलार कर्जामा ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशत ब्याज लिने बताएको छ । यो खबर क्लिकमान्डुमा छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.