Tuesday, September 29, 2020

घाँटीबगर–तिंकर सडकको काम भदौ १ देखि शुरू हुँदै

- Advertisement -

धनगढी । महाकाली कोरिडोर अन्तर्गत घाँटीबगर–तिंकर सडक खण्डको काम शुरू हुने भएको छ । उक्त सडकको काम अघि बढाउन निर्माण सामग्रीसहित नेपाली सेनाको टोली दार्चुला सदरमुकाम खलंगा आइपुगेको छ ।

नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ सैनिकको टोली निर्माण शुरू हुने स्थलमा आइपुगेको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सेनानी विक्रमदेव थापाले जानकारी दिए । सडक निर्माण भदौ १ गतेदेखि शुरू हुने बताइएको छ ।

मन्त्रिपरिषद्ले गत वैशाख १४ गते खलंगादेखि घाँटीबगर ६५ किलोमिटर सडक विभागलाई र घाँटीबगर–तिंकर भञ्ज्याङ ८७ किलोमिटर नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय गरेको । सोही अनुरूप अहिले सेनाले सम्पूर्ण तयारीसहित उक्त सडकको निर्माण अघि बढाउन लागेको हो । सरकारले २०६५ सालमा महाकाली कोरिडोरको दार्चुला–तिंकर सडक खण्ड निर्माण गर्ने योजना बनाए पनि त्यसलाई महŒव दिएको थिएन । १३४ किलोमिटर लामो उक्त लोकमार्ग चीनको सीमा नजिक तिंकर भञ्जाङसम्म पुग्छ । लोकमार्गको निर्माण शुरू भएको १२ वर्षमा ४० किलोमिटर मात्र ट्र्याक खोलिएको छ । निर्माण कम्पनी र दार्चुला–तिंकर सडक आयोजना कार्यालयको बेवास्ताले १३० किलोमिटर दार्चुला–तिंकर सडकको एक तिहाइ ट्र्याक पनि खोलिएको छैन ।

२०६४ मा सर्भे गरिएको १३० किलोमिटर उक्त सडक निर्माण शुरू भएको १२ वर्षमा करीब १ तिहाइ काम सकिएको आयोजना कार्यालय दार्चुलाका इञ्जिनीयर दिनेश रैखोलाले बताए । आर्थिक वर्ष २०७१÷७२ मा दार्चुला–तिंकर सडकको सुन्सेरादेखि घाँटीबगडसम्मको ट्र्याक खोल्नेगरी अमर–सूर्य जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । ‘तर, प्रगति २५ प्रतिशत पनि पुगेको छैन,’ उनले भने, ‘शुरूको वर्ष र गतवर्ष केही काम भए पनि त्यसबीचमा ठेकेदारले कामै गरेन ।’

दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि चाँडो काम गर्न सम्बन्धित कार्यालयलाई दबाब दिएपछि सुन्सेरासम्म ट्र्याक खुलेको बताए । आयोजना कार्यालयले तिंकर खण्डलाई भन्दा कञ्चनपुरको ब्रह्मदेवदेखि खलंगासम्मको सडक (तल्लो खण्ड) लाई प्राथमिकता दिएर निर्माण गरिरहेको उनको आरोप छ । ४ वर्षअघि तत्कालीन तिंकर सडकलाई महाकाली कोरिडोरमा गाभिएको थियो । ब्रह्मदेवदेखि तिंकरसम्मको कुल ४२५ किलोमिटर लामो यो खण्ड सुदूरपश्चिमकै पहिलो उत्तर–दक्षिण जोड्ने तथा त्रिदेशीय सीमा सडक समेत हो ।

आयोजना कार्यालयका इञ्जिनीयर रैखोलाले यसअघि महाकाली कोरिडोर सम्पन्न गर्न १८ अर्ब १६ करोड रुपैयाँ छुट्याइएको बताए । अहिलेसम्म सवा अर्ब खर्च भइसकेको र हालकै अवस्थामा परियोजना सम्पन्न गर्न थप १४ अर्ब रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ । १७ ओटा पुल निर्माण गर्न साढे १७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यस्तै दोस्रो चरणमा सबै सडक कालोपत्रसँगै ३० ओटा पुल निर्माण गर्न १४ अर्ब ६६ करोड खर्च हुने अनुमान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले व्यास गाउँपालिका–२ घाँटीबगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि निर्माणले गति लिने अपेक्षा स्थानीयले गरेका छन् । घाँटीबगर क्षेत्रमा नेपाली सेनाको टोलीले ४५० मिटर घोडेटो बाटोसमेत निर्माण गरिरहेको छ । घोडेटो बाटो निर्माण करीब आधा भइसकेको छ । तल्लो क्षेत्रमा घोडेटो निर्माण भइरहेको छ भने माथिल्लो क्षेत्रमा सडक निर्माणको तयारी भएको बताइएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुपथ मूल्य पसल १५ गतेदेखि

काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लाई लक्षित गर्दै सरकारले असोज १५ गतेदेखि सुपथ मूल्य पसल खोल्ने निर्णय गरेको छ । सोमवार दिउँसो उद्योग, वाणिज्य...

बिश्व रेबिज दिबसको अवसरमा नेल्टा कंचनपुरद्धारा एक दिने निशुल्क रेबिज सिबिर...

लालबहादुर एस के पुनर्वास- आईतबार १४ औ बिश्व रेबिज दिबस सुदूरपश्चिममा पनि मनाइएको छ । दिवसको अबसर पारेर नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ...

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

दार्चुलामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन शुरु

असोज ९, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया